पोखरा । नवराज श्रेष्ठ, मनोरम बज्राचार्य, आभान श्रेष्ठ र सृष्टिका उदासले तेस्रो पोखरा महानगरपालिकास्तरीय स्क्वास प्रतियोगिताको उपाधि जितेका छन् । शनिबार भएको फाइनलमार्फत् यी ४ खेलाडी ४ फरकफरक विधामा च्याम्पियन बनेका हुन् ।
स्क्वास राकेट एसोसिएसन कास्कीको व्यवस्थापनमा खुला पुरूष, महिला, ४५ माथि भेट्रान्स र बिगिनर्स गरी ४ विधामा पोखरा रंगशालास्थित स्क्वास कोर्टमा दुई दिन प्रतियोगिता भएको थियो । भेट्रान्सतर्फ नवराज प्रथम, राजु श्रेष्ठ द्वितीय, कमल बस्नेत र पुष्पराज श्रेष्ठ तृतीय भएको स्क्वास राकेट एसोसिएसन कास्कीका अध्यक्ष प्रवीण पालिखेले जानकारी दिए ।
खुला पुरुषतर्फ आभान विजेता हुँदा सुजन आचार्य द्वितीय, आरभ श्रेष्ठ र शक्ति शर्मा तृतीय भए । महिला विधामा आशुका रञ्जित द्वितीय, करिश्मा वली र अमिषा भण्डारी तृतीय भए । बिगिनर्समा रिजन बुद्धाचार्य द्वितीय, जेम्स शाक्य र प्रसुन बुद्धाचार्य तृतीय भए । प्रतियोगितामा प्रथम हुनेले मेडल र प्रमाणपत्रसहित समान ८/८ हजार रूपैयाँ प्राप्त गरे । द्वितीय हुनेले ४/४ हजार रुपैयाँ र तृतीय भएका दुई जनाले २/२ हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पाए ।
प्रतियोगितामा विजयी खेलाडीलाई गण्डकी प्रदेश सभा सदस्य भीम कार्की, पोखरा महानगर खेलकुद विकास समिति अध्यक्ष दीपकबहादुर गोदार, स्क्वास ¥याकेट एसोसिएसन कास्की अध्यक्ष प्रवीण पालिखे, महानगर खेलकुदका सदस्य सचिव सुभाष खड्का, स्क्वास र्याकेट एसोसिएसन गण्डकी अध्यक्ष अशोक रञ्जितले नगद, मेडल र प्रमाणपत्र वितरण गरे ।
प्रतियोगितामा ३८ जना खेलाडी सहभागी भएको स्क्वास र्याकेट एसोसिएसन कास्की सचिव सन्तोष घिमिरेले जानकारी दिए । समापनका कार्यक्रममा स्क्वास खेलाडी टकबहादुर तिलिजाले स्कवास खेलको विकासका लागि ३ थान र्याकेट स्क्वास ¥याकेट एसोसिएसन कास्कीलाई हस्तान्तरण गरेका थिए ।
Related News
सम्बन्धित समाचार
सहारा एकेडेमीमा टिकर्ट सहयोग
फिस्टेल एसइई कपको औपचारिक उद्घाटन
वाराही माविका खेलाडीलाई क्रिकेट ड्रेस
चौथो संस्करणको अन्नपूर्ण म्याराथन जेठ २१ मा
वडास्तरीय बुद्धिचालमा एकराज प्रथम
hero news full width
मुख्य समाचार
अधिकारी सरकारको वैधानिकताको टुंगो आज
पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन
जेठ ७, २०८१दमौली आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै
जेठ ७, २०८१प्रधानमन्त्री प्रचण्डलाई चाैथोपटक विश्वासको मत
जेठ ७, २०८१प्रधानमन्त्री दाहालले आज चाैथोपटक विश्वासको मत लिँदै
जेठ ७, २०८१दमौलीको मुख्यचोकका सटरमा मध्यरातमा आगलागी, ३ घण्टापछि नियन्त्रणमा
जेठ ७, २०८१