पोखरा । पोखराबाट अवैध सामानसहित १ जना पक्राउ परेका छन् । कास्कीको माछापुच्छ«े गाउँपालिका–३ घाचोक घर भई पोखरा ४ बाग्लुङ बसपार्क बस्ने ५६ वर्षीय सुरतबहादुर रानाभाटलाई बिहीबार कास्की प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनको भाडाको घरमा छापा मार्दा ५ लाख २८ हजार ७ सय १० रुपैयाँ बराबरको सामान बरामद भएको प्रहरीले जानकारी दिएको छ । खानतलासीको क्रममा ठूलो परिणाम बिलबिनाको सामग्री फेला परेको हो ।
रानाभाटले बिल नभएको चुरोट, गुट्खा, जुललगायत सामान लुकाई राखेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनबहादुर थापाले बताए । ग १ च ३७२ नम्बरको मारुती कारसमेत नियन्त्रणमा लिएको एसपी थापाले जानकारी दिए ।
ट्राफिक प्रहरीले सवारी चेकजाँचको क्रममा बिल नभएको सामान फेला पारेपछि उनी बस्दै गरेको घरमा खानतलासी भएको थियो । नियन्त्रणमा लिएको सामान, मारुती कारसहित रानाभाटलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको एसपी थापाले उल्लेख गरे ।
Related News
सम्बन्धित समाचार
बेंसीसहरका ४ औषधी पसललाई जरिवाना
वनमा आगो लगाउने पक्राउ
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
नुहाउन हिंडेकी युवती हत्या अभियोगमा पक्राउ
hero news full width
मुख्य समाचार
साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरणः प्रधानमन्त्री
मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण
वैशाख २८, २०८१सूर्यदर्शन सहकारीको अनुसन्धान प्रतिवेदन बुझाइयो
वैशाख २७, २०८१पूर्वन्यायाधीशको निधनपछि गण्डकी सरकार विरुद्धको रिटसहित सर्वोच्चका सबै सुनुवाइ स्थगित
वैशाख २७, २०८१आगलागीले सुन्तलाको बगैंचा सखाप
वैशाख २७, २०८१पोखराका घरको नक्सापास अब अनलाइनबाटै, युएनडिपीको सहयोग
वैशाख २६, २०८१