पोखरा । रोटरी वा रोट्याक्ट डान्सिङ स्टार्स–२०२४ नृत्य प्रतियोगितामा समूहगततर्फ बेसलाइन एकेडेमीले उपाधि जितेको छ । १६ समूहले भाग लिएको उक्त विधामा वेसलाइनले उपाधिसहित १ लाख जितेको हो ।
निश्चल डान्स एकेडेमीले दोस्रो हुँदै ५० हजार र तृतीय कास्की मोडनाइज्ड एकेडेमीले २५ हजार रुपैयाँ हात पारे । पब्लिक च्वाइस अवार्ड इन्ट्रयाक्ट क्लब अफ पोखरा लेकसाइडले जित्यो । समूहगततर्फ सहभागी रोटरी लेकसाइडलाई प्रोत्साहन पुरस्कार प्रदान गरियो ।
रोटरी दिवस अवसरमा आयोजित नृत्य प्रतियोगितामा एकल प्रतिस्पर्धामा रोट्याक्ट क्लब अफ स्यम्भुका सन्तोष थापा मगर प्रथम हुँदै ५० हजार हात पारे । रोेट्रयाक्ट वालिङकी विन्दु नेपाली दोस्रो र रोट्रयाक्ट बनेपाकी नीति नर्कमी तेस्रो भए । उनीहरुले २५ र १२ हजार पाए । सो इभेन्टमा पब्लिक च्वाइस अवार्ड रोट्रयाक्ट पोखराकी कुसुम कुमारी थापाले जितिन् ।
स्टार्स स्टुडियो प्रालि, स्टार्स फाउन्डेसन नेपाल र रोटरी क्लब अफ पोखरा प्याराडाइजको संयुक्त आयोजनामा शनिबार प्रतियोगिता भएको हो । निर्णायकमा मनकुमार श्रेष्ठ, रविन गुरुङ र राजबहादुर गुरुङ रहेको कार्यक्रम संयोजक जसमाया गुरुङ ‘जसु’ले जनाइन् ।
रोटरी पोखरा प्याराडाइज उपाध्यक्ष डा. हरिविक्रम अधिकारीको अध्यक्षतामा भएको प्रतियोगिताका सहभागीलाई हौसला प्रदान गर्न डिष्ट्रिक गभर्नर राजेन्द्र धोजू, डिष्ट्रिक गभर्नर नोमिनी विनोद कोइराला, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल लगायत उपस्थित थिए । थप आकर्षणको रुपमा स्टार्स एकल गुरुङ नृत्य प्रतियोगिता–२०७९ को मनोरञ्जनात्मक अवार्ड विजेता अर्चना गुरुङको प्रस्तुति रहेको थियो ।
रोटरी वा रोट्रयाक्टमा आवद्ध अथवा रोटरीको परिवारमा रहेका प्रतिभाको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रम संयोजक गुरुङले खुलाइन् । कार्यक्रमबाट बचत रकम नृत्य मार्फत महिला सशक्तीकरणको लागि छात्रवृत्तिमा खर्च गरिने आयोजकले जनायो ।
रोटरी पोखरा प्याराडाइजका सचिव देवेन्द्र पराजुलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन लक्ष्मी थापा गिरी र जसु गुरुङले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
सराङकोटमा सहिद स्मृति भवन निर्माण
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
hero news full width
मुख्य समाचार
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
जेठ २, २०८१पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
जेठ १, २०८१सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१