गुुरुकुल विद्याश्रमको १७ औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
माघ २८, २०८०
gurukul

पोखरा । पोखरा ३० पावरहाउसस्थित गुरुकुल विद्याश्रमको १७ औं वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूूर्यबहादुर खड्का बिखर्चीले लेखनाथ क्षेत्रमा उत्कृष्ट शैक्षिक संस्थाका रुपमा गुरुकुल विद्याश्रम सक्रिय रहेको बताए । अतिरिक्त क्रियाकलापमा विद्याश्रमले अग्रणी स्थान ओगटेको बताउँदै उनले विद्यार्थीले प्राप्त गर्ने सफलता नै शैक्षिक संस्थाको सफलता हुने बताए ।

विद्याश्रमका प्राचार्य मिलन केसीले शैक्षिक गुणस्तरीयतासँगै विद्यार्थीको सर्वांगीण विकासलाई जोड दिइएको बताए । गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवं विद्याश्रमका पूर्व नृत्य शिक्षक गोरे गुरुङले शैक्षिक गुणस्तरीयतासँगै विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा जोड दिनुुपर्ने बताउँदै यस क्षेत्रको शैक्षिक विकासमा विद्याश्रमले विशिष्ट योगदान पुर्‍याएको बताए ।

अभिभावक सरस्वती श्रेष्ठले विद्यालयमा पठाएर मात्र कर्तव्य पूरा नहुने बताउँदै आफ्ना बालबच्चाका लागि प्रत्येक अभिभावकले समय दिनुुपर्नेमा जोड दिए । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति देखाएका थिए भने शैक्षिक एवं अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । विद्यार्थीहरूलाई प्राचार्य मिलन केसी, संस्थापक क्या.मदन केसी, सहायक प्राचार्य नारायण बराललगायले पुरस्कृत गरेका थिए ।

प्राचार्य मीलन केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गुरुकुुल विद्याश्रम तथा गुरुकुल कलेज अफ म्यानेजमेन्टका अतिरिक्त क्रियाकलाप प्रमुख रामप्रसाद ढकालले गरेका थिउ । सल्लाहकार निलिसा ठकुुरी केसीले धन्यवादसहित कार्यक्रम समापन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • राष्ट्रिय माविको दौडमा तेञ्जन र कविता प्रथम

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । राष्ट्रिय मावि पोखराले हीरक महोत्सव अवसरमा आयोजना गरेको ५ किमी छात्रछात्रा सडक दौडमा छात्रतर्फ छोरेपाटनका तेञ्जेन रोका मगर…
  • ‘शिक्षामा राजनीतिक हस्तक्षेप बढ्यो’

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिकाका विद्यालयहरूमा पालिकाले राजनीतिक पूर्वाग्रही भएर विद्यालयमा अनावश्यक हस्तक्षेप गरेको भन्दै यहाँका ४ राजनीतिक दलले पालिकामा…
  • हिल प्वाइन्टमा विद्यार्थी तथा शिक्षकको स्वागत

    आदर्श समाज सम्वाददाता वैशाख २८, २०८१
    पोखरा । हिल प्वाइन्ट सेकेन्डरी स्कुल, माटेपानीले नवआगन्तुक विद्यार्थी तथा नवनियुक्त शिक्षकलाई स्वागत गरेको छ । विद्यालयका संस्थापक प्राचार्य दिवाकर…
  • इन्द्रराज्यलक्ष्मी माविको ७१ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    पोखरा। इन्द्रराज्यलक्ष्मी मावि, लामाचौरको ७१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस बिहीबार भएको छ । त्यस अवसरमा गण्डकी प्रदेश सरकारको सहयोगमा नवनिर्मित…
  • लिटल फ्लावरमा विविध कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    लेखनाथ ।विश्व रेडक्रस दिवस अवसरमा लिटल फ्लावर एजुकेसनल एकेडेमीमा विविध कार्यक्रम भए । नयाँ शैक्षिक सत्रमा भर्ना भएका विभिन्न कक्षाका…

hero news full width