कन्या क्याम्पसमा कार्यशाला

आदर्श समाज सम्वाददाता
माघ २७, २०८०
kanya

पोखरा । अनुसन्धान व्यवस्थापन समिति, कन्या क्याम्पसको आयोजनामा भएको २दिने कार्यशाला गोष्ठी शनिबार समापन भएको छ ।

यही माघ ५ र ६ गते सञ्चालन भएको गोष्ठीका सहभागीहरुले थप प्रस्तुतिको माग गरेकोले गोष्ठी एकदिन थप गरिएको अनुसन्धान व्यवस्थापन समितिका निवर्तमान संयोजक भूमिराज बस्ताकोटीले बताए ।

गोष्ठीको सहजीकरण गर्दै पृथ्वीनारायण क्याम्पस, अंग्रेजी शिक्षा विभागका सदस्य मदनप्रसाद बरालले प्राज्ञिक लेखन र अनुसन्धानमूलक लेख लेखनका लागि प्राध्यापकहरु श्वेता गुप्ता, अर्चना यादव, इन्द्रकमल मानन्धरले पेस गरेको अनुसन्धान अवधारणालाई मुर्तरुप दिन आवश्यक मार्गदर्शन र पृष्ठपोषण प्रदान गरेका थिए ।

पृथ्वीनारायण क्याम्पस र कन्या क्याम्पसका करिब ३० जना प्राध्यापक सहभागी कार्यक्रमको सभापतित्व क्याम्पस प्रमुख सुरेशकुमार मानन्धरले गरेका थिए ।

पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापकद्वय दीपेन्द्रराज रेग्मी र अमिन पालिखेले कार्यक्रम प्रभावकारी रहेको बताए । कार्यक्रमको सञ्चालन अनुसन्धान व्यवस्थापन समितिका संयोजक भूमिराज पण्डितले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • हिल प्वाइन्टमा विद्यार्थी तथा शिक्षकको स्वागत

    आदर्श समाज सम्वाददाता वैशाख २८, २०८१
    पोखरा । हिल प्वाइन्ट सेकेन्डरी स्कुल, माटेपानीले नवआगन्तुक विद्यार्थी तथा नवनियुक्त शिक्षकलाई स्वागत गरेको छ । विद्यालयका संस्थापक प्राचार्य दिवाकर…
  • इन्द्रराज्यलक्ष्मी माविको ७१ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    पोखरा। इन्द्रराज्यलक्ष्मी मावि, लामाचौरको ७१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस बिहीबार भएको छ । त्यस अवसरमा गण्डकी प्रदेश सरकारको सहयोगमा नवनिर्मित…
  • लिटल फ्लावरमा विविध कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    लेखनाथ ।विश्व रेडक्रस दिवस अवसरमा लिटल फ्लावर एजुकेसनल एकेडेमीमा विविध कार्यक्रम भए । नयाँ शैक्षिक सत्रमा भर्ना भएका विभिन्न कक्षाका…
  • पोखरा आदर्शमा महिला स्वास्थ्य सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ६ देखि १० सम्मका छात्राहरूलाई एक दिवसीय जनचेतना तथा अन्तक्र्रियात्मक कार्यक्रम बुधबार सम्पन्न…
  • हिलसाइडमा रेडक्रस सर्कल र स्कुल क्याप्टेन गठन

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । हिलसाइड अंग्रेजी माविमा बुधबार नेपाल जुनियर तथा युवा रेडक्रस सर्कल हिलसाइड गठन गरिएको छ । विश्व रेडक्रस दिवस…

hero news full width

trending post