विज्ञान शिक्षकलाई अभिमुखीकरण

आदर्श समाज सम्वाददाता
माघ २७, २०८०
science teacher

पोखरा । विज्ञान समाज नेपाल कास्की र पोखरा महानगर शाखाको संयुक्त आयोजनामा प्रश्नपत्र निर्माण सम्बन्धी अभिमुखीकरण शनिबार भएको छ ।

गण्डकी बोर्डिङ स्कुलमा भएको कार्यक्रममा विज्ञान विषयको कक्षा ९ र १० को प्रश्नपत्र निर्माणका बारेमा अभिमुखीकरण गरिएको हो । शैक्षिक गुणस्तर परीक्षण केन्द्रका वरिष्ठ अधिकृत खिलनारायण श्रेष्ठले सहजीकरण गरेका थिए ।

विज्ञान समाज, कास्कीका अध्यक्ष शान्ताराम लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी बोर्डिङ स्कुलका प्राचार्य वीरेन्द्र खड्का र विज्ञान समाज नेपाल गण्डकीका अध्यक्ष राजकुमार ढकालले शुभकामना दिएको समाज महानगर सचिव भेषबहादुर केसीले बताए ।

समाज महानगरका अध्यक्ष टीकाराम स्वागत गरेको कार्यक्रममा कास्कीका विभिन्न विद्यालयबाट आएका विज्ञान विषयका शिक्षकलाई ५ समूहमा विभाजन गरी अभिमुखीकरण गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग