निवृत्त शिक्षक समुदाय कास्कीको रजत जयन्ति

आदर्श समाज सम्वाददाता
माघ २७, २०८०
ex teacher

पोखरा । निवृत्त शिक्षक समुदाय कास्कीले २२ औं साधारण सभा एवं रजत् जयन्ति शनिबार विविध कार्यक्रम गरी मनाइएको छ । समुदायका अध्यक्ष छबिलाल आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम उद्घाटन पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले गरेका थिए ।

कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख जर्ज जोन, निवृत्त प्राध्यापक संघ पृथ्वीनाराण क्याम्पसका अध्यक्ष कृष्णप्रााद पौडेल, स्वतन्त्र पत्रकार संघका अध्यक्ष कृष्णप्रसाद बास्तोला लगायत उपस्थित थिए ।

कार्यक्रममा पोखराका मेयर आचार्यले निवृत्त शिक्षक समुदायले पेसागत अधिकारको मात्र नभएर शैक्षिक, सामाजिक क्षेत्रमा पनि उल्लेखनीय कार्य गर्दै आएको बताए । समुदायलाई सहयोग गर्न महानगर तयार रहेको उनले प्रतिबद्धता जनाए । पृना क्याम्पस निवृत्त प्राध्यापक संघ अध्यक्ष कृष्णप्रसाद पौडेलले यसै समुदायको अनुकरण गरेर क्याम्पसमा पनि संघ खोलिएको बताए ।

संस्थाका अध्यक्ष आचार्यले २०५२ सालमा संस्था स्थापना भएदेखि नै विभिन्न क्रियाकलाप हुँदै आएको बताए । संस्थाकै सक्रियतामा निवृत्त शिक्षकलाई दसैं पेस्की, औषधी उपचार खर्च, सञ्चित बिरामी बिदाको पैसा, ७५ वर्ष र ८५ वर्षमा पाइने १० प्रतिशत वृद्धि भई सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रण कार्यालयबाट पाइन थालिएको बताए । कास्कीका ५ पालिकाहरुमा उपसमिति गठन गरिएको, हालसम्म संस्थामा ७ सय आजीवन सदय रहेको पनि उनले जानकारी गराए।

कार्यक्रममा २५ जना ज्येष्ठ निवृत्त शिक्षकहरुलाई सम्मान गरिएको थियो । विद्यालयस्तरीय निबन्ध प्रतियोगितामा विजेतालाई समेत उक्त अवसरमा पुरस्कार प्रदान गरियो । उक्त अवसरमा कोषाध्यक्ष धर्म गिरीले संस्थाको आर्थिक गतिविधि र सचिव शेषकान्त आचार्यले सांगठनिक प्रतिवेदन पेस गरेका थिए ।

कार्यक्रमका बीच विष्णुपादुका मावि, हेमजाका विद्यार्थीले नृत्य र निवृत्त शिक्षक समुदाय हेमजा शाखाका सदस्यले भजन प्रस्तुत गरेका थिए । कार्यक्रममा नगर कमिटिका अध्यक्ष मित्रलाल सापकोटा र केन्द्रीय उपाध्यक्ष तोयनाथ लामिछानेले संस्थाका गतिविधि र संस्थाले गर्नुपर्ने कार्यक्रमबारे प्रकाश पारेका थिए ।

Related News

सम्बन्धित समाचार

  • हिल प्वाइन्टमा विद्यार्थी तथा शिक्षकको स्वागत

    आदर्श समाज सम्वाददाता वैशाख २८, २०८१
    पोखरा । हिल प्वाइन्ट सेकेन्डरी स्कुल, माटेपानीले नवआगन्तुक विद्यार्थी तथा नवनियुक्त शिक्षकलाई स्वागत गरेको छ । विद्यालयका संस्थापक प्राचार्य दिवाकर…
  • इन्द्रराज्यलक्ष्मी माविको ७१ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    पोखरा। इन्द्रराज्यलक्ष्मी मावि, लामाचौरको ७१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस बिहीबार भएको छ । त्यस अवसरमा गण्डकी प्रदेश सरकारको सहयोगमा नवनिर्मित…
  • लिटल फ्लावरमा विविध कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    लेखनाथ ।विश्व रेडक्रस दिवस अवसरमा लिटल फ्लावर एजुकेसनल एकेडेमीमा विविध कार्यक्रम भए । नयाँ शैक्षिक सत्रमा भर्ना भएका विभिन्न कक्षाका…
  • पोखरा आदर्शमा महिला स्वास्थ्य सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ६ देखि १० सम्मका छात्राहरूलाई एक दिवसीय जनचेतना तथा अन्तक्र्रियात्मक कार्यक्रम बुधबार सम्पन्न…
  • हिलसाइडमा रेडक्रस सर्कल र स्कुल क्याप्टेन गठन

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । हिलसाइड अंग्रेजी माविमा बुधबार नेपाल जुनियर तथा युवा रेडक्रस सर्कल हिलसाइड गठन गरिएको छ । विश्व रेडक्रस दिवस…

hero news full width

trending post