पोखरा । निजी अस्पतालहरुको संगठन (अफिन) गण्डकीको पाँचौं साधरण सभा शनिबार पोखरामा भएको छ । साधारणसभाको छेकोमा अग्रज स्वास्थ्यकर्मीलाई सम्मान गरिएको अफिन गण्डकी सचिव ऋषि खतिवडाले बताए ।
गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाको प्रमुख आतिथ्यमा र अफिन गण्डकीको अध्यक्ष डा. गिरधारि शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अग्रज स्वास्थ्यकर्मीहरुलाई दीर्घ सेवा सम्मान अर्पण गरिएको हो ।
चिकित्सक तर्फबाट डा. सोमत सिंह तुलाधर, नर्सिङ तर्फबाट प्रा.भगवती केसी, ल्याब तर्फबाट चेतबहादुर गुरुङ, फार्मेसी तर्फबाट खडानन्द शर्मा र रेडियोलोजी तर्फबाट उदयकान्त तिवारी सम्मानित भएका छन् ।
८६ वर्षीय डा. सोमत लामो समय गण्डकी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट भएका काम गरेका थिए । अफिन गण्डकीले पोहोरबाट फरक ५ क्षेत्रका अग्रजलाई सम्मान गर्न थालेको हो ।
जिन्दगीका आफ्ना सक्रिय दिनहरू स्वास्थ्य सेवामा समर्पित स्वास्थ्यकर्मीहरुलाई सम्मान गर्न पाउँदा अफिन गण्डकीले गौरव महसुस गरेको सचिव खतिवडाले बताए । अफिन गण्डकीमा विभिन्न स्तरका ३२ अस्पताल आबद्ध छन् ।
Related News
सम्बन्धित समाचार
वेगनास तालको प्रवद्र्धन गर्दै स्थानीय
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
सफलको चिनीरहित दही बजारमा
hero news full width
मुख्य समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१