३२५ विद्यार्थीलाई स्टेसनरी र न्यानो कपडा

आदर्श समाज सम्वाददाता
माघ १२, २०८०
social center@pccii

पोखरा । पोखरा उद्योग वाणिज्य संघअन्तर्गत सञ्चालित सामाजिक विकास केन्द्रले पोखराका १९ सरकारी तथा सामुदायिक विद्यालयका ३ सय २५ जना विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री सहयोग गरेको छ ।

उनीहरुलाई स्वीटरसहित स्टेसनरी एवं झोला प्रदान गरेको सामाजिक विकास केन्द्रकी लेखा प्रमुख सरिता ताम्राकारले बताइन् ।

कार्यक्रममा पोउवा संघ अध्यक्ष पवनकुमार प्रजापति, पूर्वअध्यक्ष तथा सामाजिक विकास केन्द्र संयोजक राजेन्द्रकुमार लालचन, वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, कोषाध्यक्ष दिनेश बास्तोला, उपमहासचिव शोभा गौतमलगायतले विद्यार्थीलाई ती सामग्री हस्तान्तरण गरे ।

कार्यक्रममा पोउवा संघ अध्यक्ष प्रजापतिले पढ्न पाउने अधिकार सुनिश्चिततासहित उनीहरुको आवश्यकता पूर्तिका लागि यस्ता पूनीत कार्यको निरन्तरताको कामना गरे ।
सामाजिक विकास केन्द्रका संयोजक राजेन्द्रकुमार लालचनले न्यून आय भएका परिवारका सदस्य विद्यार्थीलाई सामाजिक उत्तरदायित्वहन गर्दै ती सामग्री प्रदान गरिएको बताए ।

कार्यक्रम संयोजक प्रीति पाण्डेले अधिकांश बालबालिकाको आवश्यकता हेरेर नै सहयोग सामग्री प्रदान गरिएको बताइन् ।

सामाजिक विकास केन्द्रका सुपरभाइजर सफल बरालले शैक्षिक सत्रको सुरुमा पनि १ सय ४२ जना छात्रासहित २ सय ४७ जनालाई शैक्षिक सामग्री सहयोग गरिएको स्मरण गरे ।

उनका अनुसार लायन्स क्लब अफ ब्यूटी र लेकसिटी सहकार्यमा थप १ सय बालबालिकालाई पनि स्टेसनरी सामग्री वितरण गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • पर्वत र बागलुङका सिडिओ फेरिए

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । गण्डकी प्रदेशको २ जिल्लाका सिडिओ फेरिएका छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेको मन्त्रिस्तरीय निर्णय अनुसार पर्वतमा नेत्रप्रसाद…
  • जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का नियुक्त भएका छन् । क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले नियुक्तिपत्र…
  • धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै

    वासुदेव पौडेल जेठ ४, २०८१
    गण्डकी ।  धानको लोपोन्मुख (रैथाने) प्रजाति हराउँदै गएका छन् । पोखराका विभिन्न तालका किनारा तथा फाँटमा फल्ने पोखरेली जेठोबुढो, पहेँले,…
  • गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । लमजुङको बेंशीसहरदेखि बागलुङपानी हुँदै घलेगाउँबाट भुजुङ जोड्ने सडक २०७८ साल असोजमा सिध्याउनुपर्ने थियो । तर काम नगरेपछि २०७९…
  • सराङकोटमा सहिद स्मृति भवन निर्माण

    आदर्श समाज सम्वाददाता जेठ ३, २०८१
    पोखरा । पोखरा–१८, सराङकोटस्थित राष्ट्रिय विभूति तथा सहिद पार्क क्षेत्रभित्र सहिद स्मृति भवन निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको…

hero news full width