पोखरा । माघ महिना । मकर संक्रान्तिको बिहान । पोखराका साहित्यकारहरू, कलाकारहरू, विभिन्न संस्थाका नेतृत्वकर्ताहरू, व्यक्तित्वहरू सिर्जनाचोकमा रहेको ह्वाइट हाउस पार्टी प्यालेसमा एकपछि अर्को गर्दै भेला हुँदै गए । वातावरण चिसो थियो । उपस्थित व्यक्तित्वहरूका अनुहारमा घामका किरणले स्पर्श गरिरहेका थिए । उपस्थिति बाक्लिँदै गयो र माहोल क्रमश न्यानो बन्दै गयो ।
कवि तीर्थ श्रेष्ठ, विश्लेषक विश्व सिग्देल, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्यराज ढकाल लगायतका व्यक्तित्वहरू गफमा मस्त भइरहेको दृश्य देखिन्थ्यो । साहित्यकार डा. ईश्वरमणि अधिकारी, दीपक समीप, लक्ष्मण थापा, गनेस पौडेल, रीता अधिकारी लगायतका व्यक्तित्वहरू बडो रसिक देखिन्थे । जीवनसागर भण्डारी, उपेन्द्र पौडेलका मिठा गफमा थप मिठास थप्न नजिकै मुस्कुराउँदै आइपुगे डा. वसन्त गौतम । काठमाडौँबाट आइपुगेका अल्पज्ञानी अष्ट्रेलियाबाट आइपुगेका कवि निष्प्रभ सजीसँग कानेखुसी गरिरहेका थिए । एकैछिनमा चिउरा, तरुल, सखरखण्ड, खुदो, घिउ, चाकु, तिलको लड्डु आदि खानेकुरा टेबलमा सजिसजाउ देखिए । आयोजक पुछारसिटे अभियानका अभियन्ताहरू उपस्थित सबैलाई माघे सक्रान्तिको परिकार ग्रहण गर्न आग्रह गरे । केहीबेरमा सबै लामबद्ध भए । हरेकले आफ्नो रुचिअनुसारका परिकार प्लेटमा राख्दै गए । कुर्सीमा बसेर माघे संक्रान्ति अवसरमा खाइने खानेकुराको स्वाद लिए । चियापान सकिएपछि अभियानका संयोजक सञ्जीव पौडेलले कार्यक्रमको हलतिर जान सबैलाई आग्रह गरे ।
संस्थाले साहित्य, शिक्षा र पर्यटनका क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ
सन्दर्भ थियो पुछारसिटे अभियान, पोखराले आयोजना गरेको एकल कविता वाचनको । कार्यक्रमको नाम राखिएको थियो–‘घिउ, चाकु र तरुलसँग कविता’ पुछारसिटमा वसन्त । पुछारसिटे अभियानले आयोजना गर्ने एकल कविता वाचनको आठौं शृङ्खलामा कविता वाचकका रूपमा उभिएका थिए कवि वसन्त गौतम । मञ्चमा माइक समाएर उभिए पुछारसिटे अभियानका अभियन्ता श्रीराम अधिकारी ‘गोर्जे’ । पुछारसिटे अभियानका बारेमा केही जानकारी गराएर उनले कार्यक्रमको थालनी गरे । उपस्थित सम्पूर्णलाई अभियानका संयोजक सञ्जीव पौडेलले स्वागत गरे । उनैले कवि वसन्त गौतमलाई कविता वाचनका लागि अगाडि आमन्त्रण गरे । पछाडिको सिटबाट उठेर कविता सुनाउँदै अगाडि आए वसन्त :
जुनेली साँझ
म यात्राको तयारीमा छु
लाग्छ,
म सधैँभरि यात्राको तयारीमा छु
भगवान !
जीवन के हो ?
यात्रा वा यात्राको तयारी ? अनि उनले आफ्नो कविता वाचन थाले ।
‘सप्ताहन्तको साँझ’ शीर्षकको यो कविताबाट आफ्नो एकल कविता वाचन सुरु गरेका उनले बीचबीचमा आफ्नो जीवनयात्राका विविध मोड र घुम्तीहरू सम्झे ।
५० को दशकदेखि कविता लेख्दै आएका गौतमको ‘छोरीको देश’ कवितासंग्रह प्रकाशित छ । इन्जिनियरिङ अध्ययन संस्थान, पुलचोक क्याम्पसका सहप्राध्यापक उनी प्राध्यापन पेशामा आबद्ध छन् । जापानबाट इलेक्ट्रिकल इन्जिनियरिङमा पिएचडी गरेका उनी सामाजिक, राजनीतिक विकृति एवम् विसंगतिमाथि विद्रोही विचार राख्छन् । एक विद्रोही विचारकका रूपमा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा उपस्थिति जनाएका उनी कवितामा भने कोमलता र विद्रोह दुवैको उत्तिकै सुन्दर परिपाक गर्छन् ।
केही कविता वाचन गरिसकेपछि उनले कवि अल्पज्ञानीलाई आफ्नो एउटा कविता वाचन गर्न आग्रह गरे । डेढ दर्जन कविता प्रस्तुत गरेका गौतमले कवि तीर्थ श्रेष्ठलाई उपस्थित सबैका तर्फबाट शुभकामना मन्तव्य राखिदिन अनुरोध गरे । समाज, देश सम्झँदै परदेशीका पीडा सम्झेका कविले नेपालमा वैदेशिक हस्तक्षेपलाई यसरी व्यङ्ग्य गरे । डेढ दर्जन कविता सुनाइसकेपछि कवि गौतमलाई विश्व सिग्देलको हातबाट मायाको चिनो प्रदान गरेसँगै कार्यक्रम समापन भयो । २०७४ सालमा स्थापना भएको संस्थाले साहित्य, शिक्षा र पर्यटनका क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।
Related News
सम्बन्धित समाचार
बेलायतमा ‘प्रकट’ र ‘पारिजात’को स्मरण
७ श्रष्टालाई गण्डकी प्रज्ञा प्रतिष्ठानको सम्मान
नरहरिको उपन्यास ‘शान्ति’ लोकार्पण
‘क्यानभास’ मा धार्चेको कलासंस्कृति र भूगोल
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
hero news full width
मुख्य समाचार
धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१सराङकोटमा सहिद स्मृति भवन निर्माण
जेठ ३, २०८१पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
जेठ २, २०८१बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जेठ २, २०८१