पोखरा । पोखरा १८ वडा कार्यालयले टोल विकास संस्थाको सुदृढीकरणमा जोड दिएको छ । वडा कार्यालयले टोल विकास संस्था वडाको आधारभूत इकाइ भएको स्पष्ट पार्दै त्यसको सबलीकरणमार्फत् मात्रै समग्र वडाको विकास हुने ठहर गर्दै टोल सुदृढीकरणमा जोड दिएको हो ।
जसअन्तर्गत वडा कार्यालयको आयोजना तथा पोखरा महानगर सामाजिक विकास महाशाखाको सहयोगमा मंगलबार टोल विकास संस्थाको संस्थागत विकास तथा टोल सुदृढीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रम उद्घाटन गर्दै उपमेयर मञ्जुदेवी गुरुङले टोलको विकासमा जोड दिँदै त्यसका लागि सम्बन्धित टोलवासी नै जागरुक हुनुपर्ने औंल्याइन् । उपमेयर गुरुङले टोल, वडा, महानगर, प्रदेश हुँदै क्रमश देश विकास हुने जनाउँदै विकासमा खबरदारी गर्न सबै समक्ष आग्रह पनि गरिन् ।
पोखरा १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले टोलमा बसेर नागरिकले धेरै कुरा गर्न सक्ने स्पष्ट पार्दै टोल विकासको पहिलो दायित्व टोलवासीकै भएको अंैँल्याए । पोखरा १७ की अध्यक्ष तथा महानगर सामाजिक महाशाखा संयोजक राधिका शाही योगीले सामाजिक महाशाखाको काम, कर्तव्य र बजेटबारे स्पष्ट पार्दै महानगरले टोलमार्फत नै नेतृत्व विकासमा ध्यान दिइरहेको बताइन् । वडा सदस्य कल्पना ढकाल क्षत्रीले भौतिक विकास मात्रै विकास नभएको धारणा राख्दै वडाले मानवीय विकासलाई पनि चासो दिँदै आएको बताइन् ।
कार्यक्रममा वडास्थित टोल विकास संस्थाका पदाधिकारी एवं महिला सदस्य, सराङकोटका विभिन्न आमा समूहका प्रतिनिधि साथै स्थानीयवासीको सहभागिता थियो । महानगरपालिकाका वडा नम्बर ५ का पूर्व धनबहादुर नेपालीले नेता र नेतृत्वमा हुनुपर्ने गुण साथै पोखरा १८ की वडा सचिव मीनाकुमारी पौडेलले टोल विकास संस्थाको काम, कर्तव्य र अधिकार सम्बन्धमा सहजीकरण गरे । उनीहरुले नेतृत्व गर्नेसँग दूरदर्शिता एवं धैर्यवान् हुनुपर्ने पनि औंल्याए ।
वडा सदस्य क्षत्रीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडा सदस्य मीना नेपालीले स्वागत तथा कर्मचारी सुजता शर्मा ढकालले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
वर्ष दिन नपुग्दै सरुवा भए गण्डकीका अर्थसचिव रिज्याल, पुरुषोत्तम शर्मा आउने
hero news full width
मुख्य समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१