पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) मा वार्षिक खेलकुद कार्यक्रम सम्पन्न भएको छ । आधा दर्जन खेलमा विद्यार्थीले भाग लिएका थिए । भलिबल, ब्याडमिन्टन, चेस, पब्जी, बास्केटबल, फुटसल र टग अफ वार खेल खेलाइएको थियो ।
भलिबल छात्रतर्फ बिसिआइएस सातौं सेमेस्टर विजेता बन्दा बीसीआईएसकै प्रथम सेमेस्टर उपविजेतामा चित्त बुझायो । भिक्टर लामिछाने सर्वोत्कृष्ट खेलाडी बने भने राजेन्द्र खड्का बेस्ट स्पाइकर चुनिए ।
भलिबल छात्रातर्फ बिबिबए पाँचौ सेमेस्टर दिवाकालीन सत्रको टोली प्रथम भयो । बिबिए तेस्रो सेमेस्टर दिवा सत्रको टोली उपविजेता बन्यो । टिना गर्बुजा सर्वोत्कृष्ट खेलाडी भइन् भने सृष्टि भट्टराई बेस्ट स्पाइकर घोषित भइन् ।
बास्केटबल छात्रमा बिबिए चौंथो सेमेस्टर प्रातः सत्रको टोली प्रथम भयो भने बिबिएकै पाँचौ सेमेस्टर दिवा सत्रको टोली दोस्रो भयो । यस्तै, बास्केटबल छात्रातर्फ बिबिए पाँचौ सेमेस्टर दिवा सत्रको टोली विजेता बन्दा बिसिआइएस चौथो सेमेस्टर टोली दोस्रो भयो ।
बास्केटबलमा सर्वोत्कृष्ट खेलाडी छात्रतर्फ शुलभ शिल्पकार र छात्रातर्फ आकृति गुरुङ बने भने हाइ स्कोरर प्रितम गुरुङ र सुहानी आले बने ।
फुटसल छात्रतर्फ बिबिए सातौं सेमेस्टर दिवा सत्रको टोली प्रथम हुँदा बिसिआइएस तेस्रो सेमेस्टर दोस्रो बन्यो । सर्वोत्कृष्ट खेलाडी निशान क्षेत्री, हाइ स्कोरर ग्रिफ थकाली, बेस्ट किपर आर्जन कार्की घोषित भए ।
फुटसल छात्रातर्फ बिबिए पाँचौ सेमेस्टर दिवा सत्रको टोली विजेता बन्दा बीबीए चौथो सेमेस्टर प्रातः सत्रको टोली उपविजेता बन्यो ।
सृष्टि ढेवाजु सर्वोत्कृष्ट खेलाडी, आकृति गुरुङ हाइ स्कोरर र एलिका लालचन बेस्ट किपर घोषित भए ।
ब्याडमिन्टन सिंगलतर्फ बिसिआइएस तेस्रो सेमेस्टरका शौरव केसी प्रथम हुँदा बीबीए पाँचौ सेमेस्टरका कुशल श्रेष्ठ दोस्रो बने । डबल्सतर्फ बिसिआइएस तेस्रो सेमेस्टरका शौरव केसी र निश्चित गुरुङ विजेता बने भने बिबिए पाँचौ सेमेस्टरका कुशल श्रेष्ठ र प्रतिक श्रेष्ठ उपविजेता बने ।
चेसतर्फ बिबिए फस्र्ट सेमेस्टरका छात्र सन्देश चुल्याजु विजेता बन्दा प्रतीक श्रेष्ठ उपविजेता भए । पब्जीमा बिबिए चौथो सेमेस्टर दिवा सत्र टोली प्रथम र पाँचौ सेमेस्टर बिहानी सत्रका टोली दोस्रो भो । टग अफ वारमा सातौं सेमेस्टर दिवा सत्रको टोली प्रथम हुँदा पाँचौ सेमेस्टर दिवा सत्रको टोली द्वितीय भयो ।
कलेज प्रिन्सिपल लिना नेगी श्रेष्ठ लगायतले विजयी विद्यार्थीलाई पुरस्कार प्रदान गरिन् ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडी सम्मानित
पोखरामा नेपाल लोकतान्त्रिक खेलकुदको भलिबल
फेवातालमा पौडी प्रतियोगिता
राष्ट्रिय माविको दौडमा तेञ्जन र कविता प्रथम
राष्ट्रिय माविको दौडमा तेञ्जन र कविता प्रथम
hero news full width
मुख्य समाचार
जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१सराङकोटमा सहिद स्मृति भवन निर्माण
जेठ ३, २०८१पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
जेठ २, २०८१बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१