पोखरा । नेकपा माओवादी केन्द्र निकट विदेशबाट फर्केकाहरूको भेलाले ईश्वरी ढकाल (गोरखा) को संयोजकत्वमा गण्डकी प्रदेश सम्मेलन आयोजक समिति गठन गरेको छ । सहसंयोजक भुवन गुरुङ (तनहँु), सचिव सज्जनकुमार सिंह (वागलुङ) छन्। सदस्यहरू राजु न्यौपाने (पर्वत), छविराज अधिकारी (कास्की), देवी बानियाँ (मुस्ताङ), प्रेम वस्ती (गोरखा), रेशम केसी (बाग्लुङ) टेकबहादुर खत्री (बाग्लुङ), डिबी भुषाल (नवलपुर), उपेन्द्र सुवेदी (पर्वत), दुर्गालाल गुरुङ (तनहुँ) उमेश आले (तनहुँ), हीराबहादुर रेग्मी (गोरखा) र राजु आले तनहुँ छन् । जिल्लाका संयोजकहरू पदेन सदस्यहरू रहने व्यवस्था छ । कास्की संयोजकमा शालिकराम सुवेदी, लमजुङ संयोजकमा मीनबहादुर तामाङ, तनहुँ संयोजक हरि परियार तथा गोरखा संयोजकमा गणेश बानियाँलाई जिम्मेवारी दिइएको छ भने अन्य जिल्ला संयोजक तोक्न बाँकी छ ।
भेलालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य किसान शर्मा गैरेले माओवादी आन्दोलनबाट स्थापित मुद्दाले नेपाली जनतालाई समृद्ध बनाउन भूमिका खेलेको औल्याउँदै प्रचण्ड नेतृत्वको सरकारले गरेका कार्यहरूलाई जनताको तहसम्म पु-याउनुपर्ने बताए ।
पार्टीका केन्द्रीय सदस्य तथा पोखरा महानगर इन्चार्ज पारसमणि पौडेल, गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ, रिटर्नी सेन्टर नेपालका केन्द्रीय संयोजक देवेन्द्र सम्बाहाम्फे, गण्डकी प्रदेश सहसचिव अतिन्द्र केसरी न्यौपाने, प्रदेश सदस्य चूडामणि अधिकारी, बेलकाजी थापालगायतले बोलेका थिए ।
आत्मनिर्भरताको लागि उत्पादन, श्रम, सिप र पुँजीको प्रयोग गरौं भन्ने नाराका साथ भेला गरिएको हो । गण्डकी भेला आयोजक समितिका संयोजक बालकृष्ण मरासिनीको अध्यक्षतामा भएको कार्यक्रममा सज्जनकुमार सिंहले स्वागत तथा केन्द्रीय सदस्य तथा आइटी संयोजक घनश्याम भट्टराईले सञ्चालन गरे ।
Related News
सम्बन्धित समाचार
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
वर्ष दिन नपुग्दै सरुवा भए गण्डकीका अर्थसचिव रिज्याल, पुरुषोत्तम शर्मा आउने
hero news full width
मुख्य समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१