पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि श्वासप्रश्वास रोगबाट पीडित थिए । उनी ८८ वर्षका थिए । उनी पत्रकारिता क्षेत्रका वरिष्ठतम् पत्रकार थिए । अर्थात् उनी आजका धेरै पत्रकारहरुका गुरुका पनि गुरु हुन् । त्यसैेले सबैका श्रद्धाका पात्र थिए । उनलाई सबैले श्रद्धाका दृष्टिले र त्यसै अनुसार व्यवहार गर्दथे । देशमा गुणस्तरीय पत्रकारिताको विकासमा उनको ठूलो योगदान छ । उनले पत्रकारहरुको व्यावसायिकतामा जोड दिने गर्दथे । व्यावसायिक नभई पत्रिका दिगोरहन सक्दैन भन्दै त्यसैमा उनले तालिम र प्रशिक्षण दिने गर्दथे । त्यसबेला छोटो अवधिको तालिम–प्रशिक्षणको आयोजना हुने गर्दथे । तर त्यसले मात्र स्तरीय पत्रकारको अभ्युदय नहुने भएकाले उनले समकालीन साथस्हरुसँग मिलेर केही गर्नुपर्दछ भन्ने सोच राखेर धेरै विमर्श गरेका थिए ।
उनको त्यही विमर्शका कारण निजी क्षेत्रमा नेपाल प्रेस इन्स्टिच्युट स्थापना भएको हो । उनी नेपाल प्रेस इन्स्टिच्युटका संस्थापक सचिव भएर काम गरेका थिए । त्यसको साथै त्यस इन्स्टिच्युटको २ पटक अध्यक्ष भएर नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । पत्रकारिता क्षेत्रको गुणस्तरीय विकासमा त्यो संस्थाको महत्वपूर्ण भूमिका छ । त्यसबाट प्रशिक्षित पत्रकारले आज महत्वपूर्ण मिडियामा सम्पादन गरिरहेका छन्, त्यसैबाट प्रशिक्षित पत्रकारले त्यस इन्स्टिच्यटको नेतृत्व पनि गरिरहेका छन् भन्नुपाउनु सन्तोषको विषय हो ।
चार दशकभन्दा लामो अवधि पत्रकारिता क्षेत्रमा बिताएका उनले धेरै पत्रपत्रिकामा काम गरेका थिए । उनले राष्ट्रिय समाचार समितिको संवाददाता भएर यस क्षेत्रको सेवा सुरु गरेका उनी महाप्रबन्धक पनि भए । उनले गोरखापत्र राष्ट्रिय दैनिकको प्रमुख सम्पादक भएर पनि काम गरे । साथै उनले राइजिङ नेपालको सम्पादक भएर पनि काम गरे । पत्रकारले कठिनभन्दा कठिन अवस्थामा पनि कसरी काम गर्नु पर्दछ भन्ने कुरा उनले ती सरकारी अखबारमा काम गर्दा देखाएका थिए । पत्रकारले क्षणिक सन्तुष्टिको लागि मात्र काम गर्नु हुँदैन । यो निरन्तर चलिरहने पेसा पेसा हो । दिगोपन यसको विशेषता हो । उनले आफ्नो पत्रिकामा आफ्नो मृत्युको समाचार पनि छापिने गरी काम गर्नुपर्दछ भनेर प्रशिक्षण दिने गर्दथे । उनको निधनले यस क्षेत्रमा अपूरणीय क्षति भएको छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
कांग्रेसको सक्रियता
hero news full width
मुख्य समाचार
पूर्वन्यायाधीशको निधनपछि गण्डकी सरकार विरुद्धको रिटसहित सर्वोच्चका सबै सुनुवाइ स्थगित
आगलागीले सुन्तलाको बगैंचा सखाप
वैशाख २७, २०८१पोखराका घरको नक्सापास अब अनलाइनबाटै, युएनडिपीको सहयोग
वैशाख २६, २०८१कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
वैशाख २६, २०८१गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१