सूर्यदर्शन ठगी प्रकरण : महेन्द्र भोटे कारागार चलान

आदर्श समाज सम्वाददाता
पौष १८, २०८०
mahendra bhote – rajendra

तस्बिर : राजेन्द्र अधिकारी

पोखरा । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगी आरोप लागेका शिवबहादुर गुरुङ (महेन्द्र भोटे) पुर्पक्षका लागि कारगार चलान भएका छन् । सहकारीको पूर्व सञ्चालक समिति सदस्य उनी मंगलबार अदालतमा हाजिर भएका थिए । मंगलबार बयान र बुधबारको थुनछेक बहसपछि न्यायाधीश वसन्तजंग थापाको इजलाशले उनलाई पुर्पक्षका लागि कारगार पठाउने आदेश गरेको हो ।

उनीविरुद्ध गत ५ पुसमा कास्की प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिसका लागि प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको थियो । विज्ञको प्रतिवेदनमा उनले साढे ८ करोड रुपैयाँ लगेको देखिन्छ ।

उनले गोर्खा मिडिया नेटवर्कलाई सहकारीबाट ट्रान्सफर भएको ३० करोडको तमसुक रहेको र आफू पीडितको पक्षमै रहेको दाबी गरेको बयान दिएका थिए । उनीसहित सहकारी सञ्चालक समिति सदस्य भविश्वर अर्याल पनि कारागार चलान भएका छन् । उनीहरु दुवैलाई मंगलबार जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासत कक्षमा राखिएको थियो ।

उक्त सहकारी ठगीमा १९ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा विचाराधीन छ । जिल्ला सरकारी वकिल कार्यालयले गत १८ असोजमा १९ जनालाई प्रतिवादी बनाई १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो भराई बिगोबमोजिम जरिवाना र ८ देखि १० वर्षसम्म कैद सजाय माग दाबीसहित जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो । यसअघि पक्राउ परेका सहकारी कोषाध्यक्ष कुमार रम्तेल र उपाध्यक्ष कैलाशकुमार दर्लामी पुर्पक्षका लागि थुनामा छन् । सबैभन्दा पहिला पक्राउ परेका रम्तेललाई २१ असोजमा अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएकोमा दर्लामीलाई सोमबार पुर्पक्षका लागि थुनामा पठाइएको हो । दर्लामी केही दिनअघिमात्र काठमाडौंबाट पक्राउ परेका थिए ।

अझै १५ जना प्रतिवादी फरार सूचीमा छन् । सहकारी ठगीका मुख्य आरोपी संस्थापक अध्यक्ष जिबी राईसहित पूर्व अध्यक्षद्वय भूपेन्द्र राई र थानबहादुर बुढामगरविरुद्ध समेत इन्टरपोलमार्फत प्रहरीले डिफ्युजन नोटिस जारी गर्न लागेको छ । यसबाहेक सहकारी सचिव धीरजकुमार दाससहित लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङ, सदस्य हेमन्त अधिकारी, प्रमोद भट्टराई, अनुज नकर्मी, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, ललिता तामाङ, दिनेश रोका र सुरज श्रेष्ठको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पोखरा–४, नालाकोमुख कार्यालय रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा १८ हजार ७ सय जना बचतकर्ताको बचत डुबेको हो । मोटो रकम संकलन गरेर अन्यत्र लगानी गरेको सहकारीले गत वर्षको भदौदेखि निक्षेप फिर्ता नसकेपछि सञ्चालक फरार थिए । उक्त ठगी प्रकरणमा प्रहरीले गत ३२ साउनमा जाहेरी दिन सार्वजनिक सूचना जारी गरी १ हजार ३६ जनाको उजुरी संकलन गरेको थियो । सोबमोजिम २४ भदौमा जिबिसहित ७ जनालाई पक्राउ पुर्जी जारी गरिएको दोस्रो दिनमै रम्तेल पक्राउ परेका थिए ।

ठगी प्रकरणमा आवश्यक छानबिन गर्न पोखरा महानगर सहकारी शाखाले गठन गरेको विज्ञको प्रतिवेदनबमोजिम थप १२ गरी सहकारीका पूर्व सञ्चालक, हालका सञ्चालक, कर्मचारी लगायत गरी कुल १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । बचतकर्ताले पनि गएको फागुनमा संघर्ष समिति नै गठन गरी निरन्तर आन्दोलन चर्काइरहेका छन् । महेन्द्र भोटेविरुद्ध पनि पीडितले मंगलबार अदालत परिसरमै ‘मुर्दावाद’ को नारा लगाएका थिए । संघर्ष समिति अध्यक्ष किरण श्रेष्ठले कहिले प्रशासन, कहिले प्रहरी त कहिले अदालतमा धर्ना दिने गरेको बताए । उनी भन्छन्, ‘दुखले कमाएको पैसा फिर्ता नभएसम्म र दोषीलाई कारबाही नभएसम आन्दोलन गरिरहने छौं ।’

Related News

सम्बन्धित समाचार

  • गर्मीले भकाभक कुखुरा मर्दा मासु अचाक्ली महँगो

    धनबहादुर गुरुङ जेठ १, २०८१
    पोखरा ।  पाहुनाको स्वागतहोस् वा पार्टी, जन्मदिन वा बिहेबारीमा नेपालीको भान्सामा ब्रोइलर कुखुराको मासु पाकिहाल्छ । हुनेखानेदेखि हुँदाखानेसम्मले फ्रेस हाउस…
  • कांग्रेस नेता खगेन्द्रराज रेग्मीको निधन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । नेपाली कांग्रेसका नेता एवं प्रजातन्त्र सेनानी खगेन्द्रराज रेग्मीको मंगलबार बिहान निधन भएको छ । लामो समयदेखि बिरामी रेग्मीको…
  • लियो क्लब चौतारीमा सहनशील

    आदर्श समाज सम्वाददाता वैशाख ३१, २०८१
    पोखरा । लियो क्लब अफ चौतारी पोखरा अध्यक्षमा सहनशील बराल सर्वसम्मत निर्वाचित भएका छन् । क्लबको २५ औं वार्षिक साधारण…
  • टाइगर कपको आयव्यय सार्वजनिक, साढे १८ लाख बचत

    आदर्श समाज सम्वाददाता वैशाख ३१, २०८१
    पोखरा । पोखरामा गत माघमा भएको टाइगर कप भलिबलको आयव्यय सार्वजनिक गरिएको छ । चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय…
  • पहिले छाती नाप्न गल्ला आउँथे, अहिले एजेन्ट

    विजय नेपाल वैशाख ३१, २०८१
    पोखरा ।  केही वर्षअघिसम्म लाहुरे खोज्न गल्लाहरु गाउँगाउँ आउँथे । अहिले एजेन्ट सक्रिय छन् । उनीहरु लाहुरे खोज्न नभई, वैदेशिक…

hero news full width

trending post

ट्रेन्डिङ्ग