सहारा एकेडेमीमा नगद र फलफूल सहयोग

आदर्श समाज सम्वाददाता
जेठ १, २०८१
sahara

पोखरा । सहारा क्लब पोखराद्वारा सञ्चालित सहारा एकेडेमीका बालकहरुलाई नगद तथा फलफूल सहयोग गरिएको छ ।

सोमबार सहारा क्लब हङकङ अध्यक्ष दीपक गुरुङसहित महासचिव कुमार गुरुङ र क्लब शुभेच्छुक कृष्ण गुरुङसहितको टोलीले एकेडेमी अवलोकन गर्नुका साथै बालकहरुलाई सहयोग गरेको हो ।

पोखरा नयाँबजार घर भइ हाल हङकङ निवासी सहारा क्लब हङकङ महासचिव कुमार गुरुङ र घान्द्रुक घर भइ हाल हङकङ निवासी क्लबका शुभेच्छुक कृष्ण गुरुङले नगदसहित फलफूल वितरण गरेका हुन् ।

टोलीलाई क्लबका पूर्व अध्यक्ष केशबबहादुर थापाले खादा लगाएर स्वागत गरेका थिए ।

कार्यक्रम सञ्चालन एकेडेमी संयोजक तथा सहारा क्लब पोखराका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले गरेका थिए । उनका अनुसार एकेडेमीको तेस्रो ब्याचमा हाल २३ जना बालक आश्रित छन् ।

सहारा क्लब पोखरा अध्यक्ष केशवराज बरालले क्लब सदैव फुटबलमार्फत निरन्तर सामाजिक सेवामा क्रियाशील रहेको बताउँदै एकेडेमीमा ३० जनासम्म बालकलाई राख्ने लक्ष्य रहेको बताए । एकेडेमीका बालकलाई निशुल्क आवासीय सुविधासहित शिक्षादीक्षा र फुटबल सिकाउने गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width