प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको समीक्षा प्रस्तुत गरेका छन् । उनले आफ्नो सम्बोधनमा सरकारले आफ्नो हुटहुटीअनुसार काम नभए पनि सरकार असफल नभएको दाबी गरेका छन् । उनले यो एक वर्षमा विद्युत् क्षेत्रमा उल्लेखनीय काम भएको सविस्तार वर्णन गरेका छन् । आफू प्रधानमन्त्री भएपछि यस पटक आफू अनुभवले खारिएर आएकाले महत्वपूर्ण सुधार गर्ने प्रतिबद्धता जाहेर गरे तर त्यो प्रतिबद्धताअनुसार काम गर्न नसकेको उनी आफंैले स्वीकारेका छन् । आफ्नो सम्बोधनमा उनले गरेका कामभन्दा अब आफूले गर्ने काममा सर्वसाधारणको ध्यान आकर्षित गर्न खोजेको प्रष्ट देखिन्छ ।
उनले पर्यटकहरूको संख्या वृद्धि भएको अर्थतन्त्रमा सुधार देखिएको, भारतले १० हजार मेगावाट विद्युत् खरिद गर्ने प्रतिबद्धता जनाएको, सुशासनका काममा उल्लेखनीय काम भएको आदिलाई उच्च स्वरमा वर्णन गरेका छन् । भ्रष्टाचारको क्षेत्रमा केही नगरेको भन्न हुँदैन तर त्यस सम्बन्धमा आफ्नो मान्छेलाई चोख्याउन जेजस्तो काम भयो, त्यसलाई उचित मान्न सकिँदैन । फेरि त्यो कारबाहीको जेजति प्रभाव पर्नुपर्ने हो, त्यो पनि देखिएन । उनले यस वर्ष मूल्य वृद्धि नियन्त्रणमा रहेको र किसानका लागि मलको आपूर्ति समयमै भएको पनि उल्लेख गरेका छन् । त्यसैले उनले यसै साता आफ्नो कार्यकक्षमा व्यापक परिवर्तन, काम गर्ने शैलीमा सुधार ल्याउने र मन्त्रिमण्डलमा पुनगर्ठन गर्ने पनि जनाएका छन् र साथै केही राजदूतहरूलाई फिर्ता गर्ने कुरा पनि उनले गरेका छन् ।
प्रधानमन्त्री दाहालले एक वर्षको काम भन्दा भोलि गर्ने काम ध्यान आकर्षित गरेका छन् । उनले मेलम्चीको पानी एक महिनाभित्रै काठमाडौं ल्याउने, विश्वविद्यालयमा राजनीतिक भागबण्डा नगर्ने, ०८० को दशकलाई तीव्र विकासको दशक बनाउने विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था गर्ने, २०८० देखि २०८१ सम्मलाई कृषि दशक घोषणा गर्ने, बजेट निर्माणको परिपाटी बदल्ने घोषणा गरेका छन् । साथै उनले यो कुरा पनि दोहो¥याएका छन् कि आफू केही पूर्व निर्धारित र अपरिहार्यबाहेक अन्य कार्यक्रममा बाहिर नजाने । यो कुरा उनले प्रधामन्त्री भएकै बेला पनि भनेका थिए । उनले आफू भाषण नगरी काममा लाग्ने प्रतिबद्धता ३ दिन पनि टिकेन । यस पटक के हुन्छ, त्यो एक सातामा देखिनेछ । त्यो जे भए पनि उनले आफ्नो कमजोरी स्वीकारेका छन्, त्यही नै ठूलो कुरा मान्नुपर्ने स्थिति छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
कांग्रेसको सक्रियता
hero news full width
मुख्य समाचार
पूर्वन्यायाधीशको निधनपछि गण्डकी सरकार विरुद्धको रिटसहित सर्वोच्चका सबै सुनुवाइ स्थगित
आगलागीले सुन्तलाको बगैंचा सखाप
वैशाख २७, २०८१पोखराका घरको नक्सापास अब अनलाइनबाटै, युएनडिपीको सहयोग
वैशाख २६, २०८१कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
वैशाख २६, २०८१गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१