पोखरा । मुक्तकमणि तीर्थराज अधिकारीले आफ्नो पछिल्लो कृति सार्वजनिक गरेर जन्मदिन मनाएका छन् ।
लमजुङको देउतापानीमा जन्मेर पोखरालाई कर्म थलो बनाउँदै आएका अधिकारी केही समयका लागि हाल अमेरिका बसाइमा छन् ।
अमेरिकाको बसाइँबाटै उनले पछिल्लो कृति ‘यो कसको हात हो’ को दोस्रो संस्करण सार्वजनिक गरेर जन्मदिन मनाएका हुन् । जुन कृतिको पहिलो संस्करण १० वर्ष अघि प्रकाशित थियो ।
२०३२ सालदेखि नेपाल सरकारको अधिकृतस्तरमा कार्यरत रही २०६१ सालबाट सेवा निवृत्त अधिकारीका जूनकीरी (२०५३), ऐना (२०५७), तीन लय तेह्र गीत (२०६०), झटारो (२०७०), यो कसको हात हो (२०७०), बिरिमफुल (२०७३), जूनका टुक्राहरु (२०७७), दोभान (२०७८), लमजुङको सम्झना (२०७१), माया (२०७४), पहिलो चोटी (२०७९), सुसेली (२०८०) लगायतका कविता, मुक्तक, गीत, गजलका कृति प्रकाशित छन् ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय समितिका बोर्ड अफ ट्रष्टी सल्लाहकारसमेत रहेका अधिकारी प्रवल गोरखा दक्षिणबाहु, राष्ट्रपतिद्वारा कदर, मुक्तकणि सम्मान, वेष्ट लिरिसिस म्यूजिक अवार्डलगायतका विभिन्न सम्मान, पुरस्कार र विभूषणबाट विभूषित छन् । उनले नेपाली वाङ्मयको श्रीवृद्धिमा पु¥याएको ५० वर्षको योगदानको कदर गर्दै अनेसास केन्द्रीय समितिद्वारा ‘साधनाको स्वर्ण वर्ष ः मुक्तकमणि तीर्थराज अधिकारी’ कृतिसमेत प्रकाशित छ ।
Related News
सम्बन्धित समाचार
७ श्रष्टालाई गण्डकी प्रज्ञा प्रतिष्ठानको सम्मान
नरहरिको उपन्यास ‘शान्ति’ लोकार्पण
‘क्यानभास’ मा धार्चेको कलासंस्कृति र भूगोल
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
डा. कालु शर्मा सुवेदीको अनुसन्धानात्मक उपन्यास ‘खोजीमा’
hero news full width
मुख्य समाचार
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
चेक बाउन्सको समस्याले व्यवसायी र प्रहरीलाई हैरान
वैशाख ३०, २०८१मातहतका कार्यालयको दैनिक प्रगति पेस गर्न मुख्यमन्त्री अधिकारीको निर्देशन
वैशाख ३०, २०८१नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा
वैशाख ३०, २०८१फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु
वैशाख ३०, २०८१चुच्चे नक्साको विवादमा तानिएपछि राष्ट्रपतिका आर्थिक विज्ञले दिए राजीनामा
वैशाख ३०, २०८१