वार्षिकोत्सवका अवसरमा विश्व शान्ति स्तूपमा पूजा

आदर्श समाज सम्वाददाता
कार्तिक २४, २०८०
stupa pooja

पोखरा । विश्व शान्ति स्तूप पोखरा २२ अनदुको २४ औं वार्षिकोत्सवको अवसरमा वार्षिक पूजा तथा सम्मान समारोह शुक्रबार भएको छ ।

उक्त अवसरमा जापानी भन्तेबाट निप्पोन्जान क्योहोजी परम्परा अनुसार धर्मशीला बुद्ध विहारका भिक्षु धजवन्तबाट थेरबादी परम्परा अनुसार र बौंद्ध अर्घौ सदनका लामाबाट महायानी परम्परा अनुसार बुद्धपूजा भएको थियो ।

कार्यक्रममा अक्षयकोषदाताहरुलाई सम्मान गर्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले विश्व शान्ति स्तूप महत्वपूर्ण सम्पदा भएको उल्लेख गर्दै यसले विश्वमा शान्तिको सन्देश फैलाइरहने बताए ।

त्यस अवसरमा पोखरा २२ का वडाध्यक्ष हिमलाल बराल र नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले पोखराको पर्यटकीय विकासमा विश्वशान्तिस्तूप एक धरोहरको रुपमा धारणा राखे ।

स्वागत मन्तव्यका क्रममा उपाध्यक्ष अशोक गुरुङले विश्व शान्ति स्तूपको ऐतिहासिक पृष्ठभूमि र विभिन्न अवरोधबीच पोखरामा निर्माण भएको स्तूपको बारेमा प्रकाश पारेका थिए ।

विश्व शान्ति स्तूप समितिका अध्यक्ष उत्तममान बुद्धाचार्यले कार्यक्रममा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । कार्यक्रमको सञ्चालन सचिव यमबहादुर गुरुङले गरेका थिए ।

कार्यक्रममा सहभागीलाई अनदुवासी, अनदुकै चेलीहरु र कालावाङवासीले भोजनदान गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • भूकम्पले क्षति पुर्‍याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार   

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    गोरखा । भूकम्पले क्षति पुर्‍याएको गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा रहेको अर्लाङ्दी मन्दिरको जीर्णोद्धार सम्पन्न भएको छ । राष्ट्रिय…
  • विश्व हिन्दु महासंघ गण्डकीमा मुक्तिराम

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । विश्व हिन्दु महासंघ गण्डकीको दोस्रो अधिवेशनले कास्कीका मुक्तिराम अधिकारीको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । समितिको कार्यकाल ३…
  • पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा आइतबारबाट श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ २०८१ सुरु भएको छ । ज्ञानमहायज्ञ शुभारम्भ अघि सेती नदीस्थित गाईघाटबाट…
  • नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    पोखरा । वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँ वर्ष अवसरमा आइतबारदेखि पोखराको नयाँबजारमा श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ हुँदैछ । वैशाख…
  • तोरन्लमा रमाउँदै थकाली समुदाय

    धनबहादुर गुरुङ चैत्र ११, २०८०
    पोखरा । फागुपूर्णिमा अवसरमा थकाली सेवा समिति, पोखराको हलमा रौनक छुट्टै छ । कोही नाचगानमा रमाइरहेका छन्, कोही ताराखेलमा जमिरहेका…

hero news full width

trending post