मुस्ताङ । गण्डकी प्रदेशका मुख्यमनत्री सुरेन्द्रराज पाण्डेले बाढी प्रभावित क्षेत्र कागवेनीको मंगलबार निरीक्षण गरेका छन् । सुरक्षा संयन्त्रसहित कागवेनी पुगेका पाण्डेले बाढीबाट भएको क्षतिप्रति सरकारको ध्यानाकर्षण भएको बताए ।
उनले बाढी आउने बित्तिकै प्रदेश सरकारले प्रारम्भिक राहत पठाएको र अब पुनः निर्माणमा सरकार गम्भिर भएर लाग्ने सुनाए । मैले प्रधानमन्त्री जीसँग पनि कुरा राखेको छु । यहाँको पुनः निर्माणमा सरकारले कुनै कसर बाँकी राख्दैन,´ पाण्डेले भने, `जतिसक्दा छिटो एउटा निर्णय गर्छौं ।´ स्थानीयले बाढी गएको लामो समय वितिसक्दा पनि सरकारी पक्षबाट आशालाग्दो सहयोग नपाएको गुनासो गरेका छन् ।
प्रदेश सरकारले सुरुमै प्रारम्भिक राहत स्वरुप प्रति परिवार २५ हजार, त्रिपाल लगायत सहयोग पठाएको थियो ।
साउन २८ गते राति मुक्तिनाथ माथिबाट बग्ने कागखोला, झोङबाट बग्ने खोलाको बाढीले कागबेनीमा यसरी ठूलो क्षति पुर्याएको हो ।
बाढीले सरकारी कार्यालय, सामुदायिक भवन र स्थानीयको घरसहित ३६ वटा संरचना बगाएको छ । २१ वटा घर, ४ वटा घाँस राख्ने धन्सार, एउटा वडा कार्यालय, एउटा प्रहरी चौकी, युवा क्लव, समाज घर, आमा समूह भवन र घट्ट बगाएको छ ।
एउटा निर्माणाधीन पक्की पुल, एउटा हट रुम, एउटा धर्मशाला, होस्टल र फर्निचर पनि बगाएको छ ।
गण्डकी सरकारले बाढीबाट विस्थापित घरपरिवारलाई तत्कालको राहत उपलब्ध गराउने निर्णय गरेको थियो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बाढी गएको खबर पाउनेवित्तिकै राहत र उद्धारमा खटिन सुरक्षा निकाय र प्रशासनलाई निर्देशन दिएका थिए ।
Related News
सम्बन्धित समाचार
एकातिर खोला, अर्कैतिर पुल
एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
फिल्म ‘लण्डन टु पेरिस’ को ‘चाहन्छु यो माया’ गीत सार्वजनिक
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जिभिपी युके लन्डनलाई भलिबल उपाधि
hero news full width
मुख्य समाचार
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१