पोखरा । ३० औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा आन्दित गृह नेपालले शनिबार गुरुङ दम्पतीलाई सम्मान गरेको छ ।
आन्दित गृह नेपाल र पोखरा वृद्धाश्रमले संयुतm रुपमा आयोजना गरेको कार्यक्रममा गोपाल गुरुङ र उनकी पत्नी लक्ष्मी गुरुङ सम्मानित भएका हुन् । उनीहरुले वृद्धवृद्धाकोे संस्थालाई आर्थिक, नैतिक र भौतिक सहयोग गर्नुको साथै अन्यलाई पनि सहयोग गर्न उत्प्रेरित गरेकाले सम्मान गरिएको हो ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले समय, परिस्थिति, बाध्यता र फेसनकै कारणले पछिल्लो समय देशका युवाहरु विदेशिने चलन बढ्नाले ज्येष्ठ नागरिक एक्लिएको बताइन् । उनीहरुको रेखदेख गर्ने कोही नहुँदा वृद्धाश्रम अहिलेको आवश्यकता भएको उनको भनाइ थियो ।
‘गण्डकी प्रदेश सरकार वृद्ध आमा बुबाको साथमा छ भन्ने आभाष दिन्छांै,’ उनले भनिन् ।
कार्यक्रममा आन्दित गृह नेपालका अध्यक्ष डा. यज्ञमान शाक्यले आनन्दित गृह नेपाल आफ्नै भौतिक संरचनामा सञ्चालन भएकाले अहिलेसम्म सेवा दिन सकेको बताए । यस्तो संस्था खोलेर सेवा दिने मनसाय भए आफ्नै भौतिक संरचना हुनुपर्ने नत्र सम्भव नहुने उनको तर्क छ ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पोखरा १२ उपशाखाका प्रमुख कुश्मराज आचार्य, पोखरा महानगरपालिका जेष्ठ नागरिक संघका प्रमुख भक्तराज श्रेष्ठ, ज्येष्ठ नागरिक साझा चौतारी रत्नचोकका अध्यक्ष भुपेन्द्र गिरी, पोखरा ज्येष्ठ नागरिक महासंघका सचिव कुशुमकेशव पराजुली, संस्थाका सदस्य खड्गसिंह रानाभाट लगायतले बोलेका थिए । संस्थाका सदस्य सुशीला खनालले कार्यक्रम सञ्चालन र संस्थाका सदस्य रमेश ताम्राकारले स्वागत गरेका थिए ।
संस्थाको १० औं साधारण सभाले संस्थाको विधानका केही बुँदा परिवर्तन गरेको संस्थाका सचिव रोमा राउत शाक्यले बताइन् ।
Related News
सम्बन्धित समाचार
१०२ वर्षमा आँखाको ज्योति फर्किएपछि…
माछा मर्नेक्रम नरोकिएपछि आँधीमूलमा क्षमापूजा
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
पोखरा १५ मा अपांगता भएका २११ जना
आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार
hero news full width
मुख्य समाचार
एकातिर खोला, अर्कैतिर पुल
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
जेठ ६, २०८१एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
जेठ ६, २०८१काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१