पोखरा । ‘स्वास्थ्य र पर्यटनको लागि हाइकिङ’ नाराका साथ हाइकर्स क्लब नेपालको आयोजनामा हाइकिङ भाग ३८ सम्पन्न भएको छ । हरेक महिनाको अन्तिम शनिबार हुँदै आएको हाइकिङ धम्पुसदेखि सुरु भइ याङ्जाकोट होमस्टे, धिताल, अस्ताम हँुदै हेमजा मिलनचोकसम्म भएको हो ।
क्लब अध्यक्ष कृष्ण रानाभाटले महिनाभर काममा व्यस्त रहने जागिरे, गृहिणी, विद्यार्थी, प्रोफेसर, डाक्टरलगायत सबै प्रकारका व्यक्ति समेटेर हाइकिङमा गरिएको बताए ।
हाइकिङमा ग्रामीण परिवेशको आनन्द लिँदै पर्यटकीय क्षेत्रहरुको अवलोकन गर्न महिला दिदीबहिनीको पनि उपस्थिति बढ्दै गएको क्लब उपाध्यक्ष ज्योति हमालले बताइन् । यो कार्यक्रम ४ वर्षदेखि निरन्तर छ । यसपालि करिब ४० जना सहभागी थिए ।
कास्की जिल्लामा मात्र नभएर छिमेकी तनहँु र स्याङ्जाका ग्रामीण भेगहरुमा पनि हाइकिङ गरिएको क्लबका आइटी विभाग प्रमुख पितम सेनले बताए ।
Related News
सम्बन्धित समाचार
१०२ वर्षमा आँखाको ज्योति फर्किएपछि…
माछा मर्नेक्रम नरोकिएपछि आँधीमूलमा क्षमापूजा
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
पोखरा १५ मा अपांगता भएका २११ जना
आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार
hero news full width
मुख्य समाचार
एकातिर खोला, अर्कैतिर पुल
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
जेठ ६, २०८१एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
जेठ ६, २०८१काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१