हिन्दु धर्ममा धेरै देवीदेवताहरू छन् । तिनीहरूमध्ये महत्वपूर्ण केही देवताहरू अवतारका रुपमा पूजिन्छन् । त्यसरी पुजिनेमा भगवान् श्रीकृष्ण अरु महत्वका मानिन्छन् । कलियुगमा उनको शिक्षादीक्षा सिद्धान्त र दर्शनको प्रभाव फैलिँदै गएको छ । हिजोभन्दा आज उनको महत्व बढेकाले देशविदेशमा उनको नाममा कृष्णजन्माष्टमीका दिन मानिसहरूले शोभायात्रा गरेर उनको योगदानको सम्मान गर्दछन् । उनको नाममा भजनकीर्तन गरिन्छन् भने श्रद्धालुहरू उनको नाममा व्रत बस्ने गर्दछन् । उनले बाल्यावस्थादेखि नै उनको लीला गरेर आफ्ना नजिककाहरूलाई प्रभावित बनाउने गर्दथे । उनले नराम्रो काम गरेर अरुको तोड्नेफोड्ने र बिगार्ने गरे पनि त्यो कृष्णलीला भनेर कसैले उनलाई केही गर्दैनथे ।
उनले आफ्नो जीवनमा अनौठो र अद्भूत चमत्कार देखाउँथे । जसले गर्दा उनी विवादास्पद पनि भए । तैपनि त्यसले उनको जीवनमा केही असर पारेनन् । महाभारतको युद्धमा उनको निर्णायक भूमिका रह्यो । उनले युद्ध गर्नबाट पछि हटेका अर्जुनलाई युद्ध गर्न प्रेरित गरे । जसको कारण पञ्चपाण्डव र कौरवबीच घमासान युद्ध भयो । त्यो युद्धलाई महाभारत काण्ड भनिन्छ । त्यसमा ठूलठूला देवताहरू, बुद्धिजीवीहरू, नजिकका नातेदाहरू सबै मारिए । महाभारत युद्धमा त्यसरी मारिएकाले कतिपय दार्शनिकहरूले अहिले पनि त्यसको उपदेयता के भयो भन्ने प्रश्न गर्ने गरेका छन् । तिनीहरूले त्यस्तो गर्ने गरे पनि श्रीकृष्णको जीवनीमा, चरित्रमा कहिल्यै कुनै दाग लागेन, बरु त्यसैलाई पुरुषार्थ सम्झेर मानिसहरूले उनको प्रशंसा गर्ने गरेका छन् र उनको अनुयायीका रुपमा समर्पित भएर लाग्ने गरेका छन् ।
महाभारतमा पञ्चपाण्डव र कौरवको युद्धको वर्णन छ भने गीतामा उनको देशनाहरू छन्, उपदेशहरू छन् । जसलाई पवित्र ग्रन्थका रुपमा विश्वले मानेका छन् । गीता वास्तवमा पवित्र ग्रन्थ हो । त्यसमा हिन्दु दर्शनका अत्यन्त महत्वपूर्ण दार्शनिक सिद्धान्तहरू छन् । जसको प्रत्यक्ष श्रवणले अर्जुनले युद्ध गर्न तयार भएका थिए । यसको विशेषता के हो भन्ने गीताको श्रवणले अर्जुनले युद्ध गर्न तयार भएका थिए भने महात्मा गान्धीले त्यही गीता च्यापेर भारतमा अहिंसात्मक आन्दोलन गरी बेलायतीलाई धपाएका थिए । ध्यान भावनामा पनि कृष्णको उत्तिकै योगदान छ । नाचेरै पनि ध्यान गर्न सकिन्छ भन्ने उनले प्रतिपादन गरेको भनिन्छ । हिन्दु समाजको विकासमा उनको ठूलो योगदान छ । त्यसैले वृद्धहरू श्रीकृष्णको महिमा अपरम्पार छ भन्ने गर्दछन् ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१