पोखरा । किमी छ्योक्योङ गुरुङले निर्माण गरेको तामाङ सेलोमा आधारित ‘मुस्ताङे नानी’ नामक म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरिएको छ ।
गण्डकी प्रदेशका पूर्व सांसद एवं मुस्ताङका बासिन्दा इन्द्रधारा बिष्टको शब्द तथा संगीत रहेकोे गीत एसटु प्रोडक्सन प्रालिले प्रस्तुत गरेको हो । एस टु प्रोडक्सनको युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो ।
प्रालिले एक दशक भन्दा लामो समयदेखि म्युजिक भिडियो, कमर्सियल एड र रियालिटी सो सम्बन्धी काम गर्दै आएको छ । प्रालिकै प्रस्तुति रहेको यो गीत विश्व दोङले गाएका हुन् । गीतमा वरिष्ठ नृत्य निर्देशक सुवास राई र रिक्साङ गुरुङको आकर्षक अभिनय छ । लोमान्थाङ गाउँपालिका वडा नम्बर ५ लोमान्थाङका बासिन्दा बिष्टले यो गीत २ वर्ष अघि लेखे पनि अहिले आएर श्रव्यदृष्यमा समेटिएको हो ।
गीतमा मुस्ताङका चराङ, घरगुम्बा, लुरी, घारा, यारा, सुर्खाङ, ढी र धे खोला क्षेत्रका आकर्षक दृष्यहरु समेटिएको छ । यो गीत खासगरी मुस्ताङ र समग्र नेपालको पर्यटनमा टेवा दिने गरी तयार गरिएको बिष्टले बताए । यसअघि ‘लोमान्थाङमै बसम’ र ‘हिमाल पारी लोमान्थाङ गाउ’ँ गरी दुई गीत बजारमा ल्याइसकेका बिष्टको यो तेस्रो गीत हो । ‘आमा तिम्रो’ बोल भएको चौंथो गीत पनि आफूले लेखिसकेको उनले सुनाए ।
गीतको अरेन्जरमा विष्णु तामाङ, प्रोडुसरमा किमी गुरुङ, सिनेमाटोग्राफीमा सुरज श्रेष्ठ र गणेश सापकोटा छन् । गीतको निर्देशन र सम्पादन भने सुरज श्रेष्ठले नै गरेका हुन् । मञ्जु श्रेष्ठको मेकअप रहेको गीतको कोरियोग्राफर भने एमडी सुवास गुरु हुन् ।
कोरस नृत्यमा भने महिलातर्फ रिक्साङ गुरुङ, कर्म याङडोन, धावा छोन्जोम, पासाङ ढोल्मा, सोनाम ल्हामो, रिन्जेन ढोल्मा र पुरुषतर्फ छेरिङ नोर्बु, पेमा वाङदी, तेञ्जिङ, छेवाङ जेन्देन र सोम छेरिङले साथ दिएका छन् ।
Related News
सम्बन्धित समाचार
अम्बिकाले ल्याइन् ‘आमाको मन’
लालबहादुर चण्डेश्वरी संगीत पुरस्कार मीरा र ध्रुवेशचन्द्रलाई
स्मृति ग्रन्थमा सर्जक बुद्धि परियार
गजलकार एवं गीतकार प्रकट पगेनी गम्भीर बिरामी
पत्रकार पौडेलको ‘दिलमा रोप्यौ तिर’ सार्वजनिक
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१