आलमदेवी मन्दिर महिलाका लागि खुला   

आदर्श समाज सम्वाददाता
असार १५, २०८०
alamdevi

गल्याङ ।  शाह वंशको कूल मन्दिरका रूपमा परिचित ‘आलमदेवी’मा कुनै समय महिलालाई प्रवेश निषेध थियो । महिलालाई मन्दिर प्रवेशमा रोक लगाउन एउटा व्यक्ति नै खटाइएका हुन्थे । हिजाआज भने मन्दिर महिलाका लागि समेत खुला गरिएको छ ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३ स्थित आलमदेवी मन्दिर शाह वंशको कूलदेवता र कूल मन्दिरका रूपमा चर्चित छ । आलमदेवी मन्दिर १३५० सालमा स्थापना भएको हो । यो मन्दिरको शक्तिपीठमध्ये बेग्लै पहिचान र धार्मिक विशेषता छ । मन्दिरमा ठकुरी महिलालाई प्रवेश खुला गरिएको थियो । उनीहरूलाई मन्दिरभित्र पसेर पूजा, दर्शन तथा भेटी चढाउन छुट थियो । तर ठकुरीबाहेकका महिलालाई मन्दिर प्रवेशमा निषेध गरिएको थियो । मन्दिर प्रवेश गर्न रोक लगाइएका कारण अन्य महिला बाहिरबाटै दर्शन एवं पूजा गर्दै आएका थिए । उनीहरूले ल्याएको भेटी मन्दिरका पुजारीलाई अथवा आफूसँग आएका पुरुषलाई भित्र चढाउन दिने चलन थियो ।

आलमदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रित थापाले पहिला–पहिला एक जना राखेर ठकुरीबाहेकका महिलालाई मन्दिर प्रवेशमा रोक लगाउने गरिएको बताउनुभयो । “हिजोआज सबै महिलाका लागि मन्दिर खुला गरिएको छ”, उहाँले भन्नुभयो, “ठकुरीबाहेकका महिला मन्दिरमा प्रवेश गर्दा अनिष्ट हुन्छ भन्ने सुनिन्थ्यो, हिजोआज बाहिरबाट आएका महिला सहजै भित्र पस्छन्, पहिलाको चलनबारे थाहा पाएका महिला अझै पनि मन्दिर छिर्दैनन् ।”

अध्यक्ष थापाका अनुसार मन्दिरको सुरुआतदेखि नै चुडाकर्म गरेका रानामगर पुजारी छन् । यहाँ दशैँको नवमीका दिन डेढ घन्टा लामो यज्ञ र नवदुर्गाका विशेष पूजासहित सरकारी पञ्चबलि चढाउने चलन छ । “आलमदेवीमा राँगो, बाख्राको पाठो, कुखुरा, परेवा र भेडालाई बलि चढाइन्छ, भेडा नभए कुभिण्डो प्रयोग गरिन्छ”, उहाँले भन्नुभयो ।

कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले शाह वंशीय राजाले छाडिदिएको राँगोलाई स्थानीयले बलि चढाउने इतिहास रहेको बताउनुभयो । “पछिल्लो समय राँगो छाड्ने परम्परा हटेको छ”, उहाँले भन्नुभयो, “गुठी संस्थानको रु ८४ हजार बजेटमार्फत मन्दिरको व्यवस्थापन हुँदै आएको छ ।” आलमदेवी मन्दिरमा तीन सय ६५ दिन नै पूजा हुने गरेको छ । यहाँ एकादशी, औँसी, साउन १ गतेदेखि नागपञ्चमी र सोह्रश्राद्धमा बाहेकका दिन बलि चढाउने गरिएको छ । रासस

Related News

सम्बन्धित समाचार

  • भूकम्पले क्षति पुर्‍याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार   

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    गोरखा । भूकम्पले क्षति पुर्‍याएको गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा रहेको अर्लाङ्दी मन्दिरको जीर्णोद्धार सम्पन्न भएको छ । राष्ट्रिय…
  • विश्व हिन्दु महासंघ गण्डकीमा मुक्तिराम

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । विश्व हिन्दु महासंघ गण्डकीको दोस्रो अधिवेशनले कास्कीका मुक्तिराम अधिकारीको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । समितिको कार्यकाल ३…
  • पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा आइतबारबाट श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ २०८१ सुरु भएको छ । ज्ञानमहायज्ञ शुभारम्भ अघि सेती नदीस्थित गाईघाटबाट…
  • नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    पोखरा । वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँ वर्ष अवसरमा आइतबारदेखि पोखराको नयाँबजारमा श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ हुँदैछ । वैशाख…
  • तोरन्लमा रमाउँदै थकाली समुदाय

    धनबहादुर गुरुङ चैत्र ११, २०८०
    पोखरा । फागुपूर्णिमा अवसरमा थकाली सेवा समिति, पोखराको हलमा रौनक छुट्टै छ । कोही नाचगानमा रमाइरहेका छन्, कोही ताराखेलमा जमिरहेका…

hero news full width

trending post