नक्कली भुटानी शरणार्थी प्रकरण अदालतमा पुगेपछि त्यसको चर्चा सेलाउँदै गएको छ । त्यो सेलाए पनि राजनीतिको विषय सेलाएको छैन । पार्टी विभाजन भई अलग–अलग भएका ४ दलले गुमेको शक्ति बटुलेर समाजवादी मोर्चा घोषणा गरेका छन् । समाजवादी मोर्चामा पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपा (माओवादी केन्द्र) एमालेबाट अलग भई बनेको माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) नेत्रविक्रम चन्द महासचिव रहेको नेपाल कम्युनिस्ट पार्टी र उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी रहेका छन् । तीमध्ये नेत्रविक्रम चन्द संसदभन्दा बाहिर छ भने अरु सबै संसदमा प्रतिनिधित्व गरेका पार्टी हुन् । ती पार्टीहरूको आकार सानो भएको र प्रभाव कम भएको महसुस गरेर तिनीहरूले आफुूलाई प्रभावकारी बनाउन मोर्चा गठन गरेको त्यसका नेताहरूले भन्ने गरेका छन् । एकातिर तिनीहरूले शक्ति संकलन गर्नका लागि त्यो कारण दिँदै छन् भने अर्कोतिर त्यसले एमाले र कांग्रेसमा शंका उत्पन्न गरेको छ । त्यसको परिणाम के होला अहिले भन्न सकिने अवस्था छैन ।
एकातिर त्यस्तो स्थिति छ भने अर्कोतिर एमाले र कांग्रेसभित्र आफ्नै विवाद छ । एमालेमा ७० वर्षभन्दा बढी उमेरका नेता कार्य समिति चुनाव लड्न नपाउने जुन वैधानिक प्रावधान राखिएको छ, त्यसलाई निलम्बन गर्ने प्रयास पार्टीमा भइरहेको छ, एमालेका युवाहरूले लामो संघर्षपश्चात् विधानमा त्यो प्रावधान राख्न समर्थ भएका थिए । तर अहिले अध्यक्ष ओलीलगायत वृद्ध नेताहरू त्यो प्रावधान हटाउन तल्लीन भएका छन् । यसवेला युवाहरू अध्यक्ष ओलीको विरोधमा बोल्न सक्ने अवस्थामा छैनन् । तर तिनीहरूले शक्ति बटुल्ने प्रयास भने गरिरहेका छन् ।
ती पार्टीमा मात्र होइन, नेपाली कांग्रेसमा पनि विवाद चर्कन थालेको छ । गगन थापा पक्षधरहरूले प्रदेशहरूमा भेला गर्दै आफ्नो शक्ति सञ्चय गर्दै छन् । तिनीहरूले सभापति शेरबहादुर देउवाको आलोचना गर्दै महाधिवेशनको धम्की दिएर सत्ता हस्तान्तरण गर्ने आग्रह गरेका छन् । तिनीहरूले पार्टीलाई गतिशील बनाउन नेतृत्व परिवर्तनको आवश्यक भएको औंल्याउने गरेको धेरै भयो । तर उता डा. शेखर कोइराला अहिले नेतृत्व परिवर्तन गर्ने पक्षमा देखिएका छैनन् । उनले असामयिक बेलामा नेतृत्व परिवर्तनको माग गर्दा त्यसले पार्टीमा अस्थिरता ल्याउने सम्भावना देखेका छन् । तैपनि पार्टीमा समूहगत विचार फस्टाउँदै गएको छ । राजनीतिमा चहलपहल बढ्दै गएको छ । तर त्यसले के कस्तो परिणाम देला त्यो अहिले भन्न सकिने अवस्था छैन ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
पहिले छाती नाप्न गल्ला आउँथे, अहिले एजेन्ट
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
वैशाख ३०, २०८१चेक बाउन्सको समस्याले व्यवसायी र प्रहरीलाई हैरान
वैशाख ३०, २०८१मातहतका कार्यालयको दैनिक प्रगति पेस गर्न मुख्यमन्त्री अधिकारीको निर्देशन
वैशाख ३०, २०८१नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा
वैशाख ३०, २०८१फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु
वैशाख ३०, २०८१