देशमा अपेक्षित विकास भएको छैन । विकासको नाममा हामी धेरै भौतारिएका छौं । तर विकास पाउन सकेका छैनौं । विकासको आशा देखाएर प्रत्यक वर्ष सरकारले बजेट ल्याउने गरेको छ । बजेटको सुरुमा त्यसले आशा देखाउँछन् तर जब बजेटको अन्तिम महिना आउँछन् । विनियोजित रकम खर्च गर्न नसकेको मूल्यांकन हुन्छ र बजेटको निर्धारित रकम खर्च गर्न असारे विकास गर्न थाल्छौं । असारे विकासले केही काम त देखिन्छ । तर त्यो काम दिगो हुँदैन । टिकाउ हँुदैन र गुणस्तरीय हुँदैन । यो कुरा सबैलाई थाहा छ । थाहा हुँदाहुँदै पनि हामीले त्यही काम दोहोर्याउँदै छौं । आफ्नो कमजोरी प्रदर्शन गरिरहेका छौं । तर यसको जिम्मेवार कोही हँुदैनन् । आउने सरकारले विगतको सरकारलाई त्यसको दोष थुपार्दछन् र आफूले पनि त्यस्तै गर्दछन् । यो शाश्वत परम्पराजस्तै भएको छ । घुमिफिरी देश चलाउने पनि उनीहरू नै हुन् र विकास गर्ने पनि उनीहरूले नै हुन् । पटक–पटक मौका पाएर पनि केही गर्न नसक्ने पनि उनीहरू नै हुन् ।
तैपनि त्यो पुस्ताले यो कुरा महसुस गर्न सकेनन् । आफ्नो दोष देख्न सकेनन् । ज्यादै भएपछि राजनीतिमा बिस्तारै नयाँ पुस्ता अग्रसर भएका छन् । पार्टीहरूमा नयाँ विचार लिएर युवाहरू अग्रसर हुनु निराश प्राय जनतालाई आशा देखाउनु हो । तिनीहरूले पार्टीहरूमा आफ्नो स्थान बनाउँदै छन् । युवा भनेको नै नवीनता हो, परिवर्तन हो र एउटा शक्ति हो, बाल्यावस्था पार गरेर तरुणावस्थामा पदार्पण गरेको यो अवस्था परिवर्तन र संक्रमणको अवस्था हो । त्यसबेला उनीहरूमा नवीन जिज्ञासा र क्रान्तिकारी भावना उत्पन्न हुन्छ । उनीहरू जे कुरा पनि यथास्थितिमा स्वीकार्नुभन्दा त्यसबारे पहिले अध्ययन र चिन्तन मनन गर्ने गर्दछन् । शंका लागेको ठाउँमा किन कसरी र के कारणले भएको हो भनी जिज्ञासा राख्ने गर्दछन् । चित्त नबुझेका कुरा अपनाउन हिच किचाउने गर्दछन् । हिचकिचाउने मात्र होइन, त्यसमा विरोध गर्ने र समयानुकूल सुधार र परिवर्तन गर्नुपर्ने तर्क अघि सार्छन् । राजनीतिमा लागेका युवाहरूले आफ्नो गुण देखाएर प्रभाव छर्ने प्रयास गरेका छन् ।
राजनीतिमा नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा विवाद छैन । तर केकसरी हस्तान्तरण गर्ने भन्नेमा उपायको खोजी भइरहेको छ । कतै उमेरको हद राखेर विस्थापित गर्ने काम भइरहेको छ भने कतै दुई पदावधिभन्दा बढी एउटै पोस्टरमा बस्न नपाउने नियम बनाउँदै छ । यी सबै गर्नु युवा पुस्तालाई क्रमश: अघि बढाउनु हो । उनीहरूलाई अघिसार्नुको मतलब जनतालाई राजनीति प्रति आशा जगाउनु हो । यी सबै काम भइरहेको बेला एमालेले आफ्नो विधानलाई निलम्बनमा राखेर उमेरको हद हटाउँदै छ । यो गम्भीर कुरा हो । यसले युवाहरूमा के कस्तो हद हटाउँदै छ । यो गम्भीर कुरा हो । यसले युवाहरूमा के–कस्ता असर पार्छ, त्यो सोचनीय कुरा छ । अरु जे भए पनि युवाहरूको अग्रगमनमा यो एक अवरोध हो ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
पहिले छाती नाप्न गल्ला आउँथे, अहिले एजेन्ट
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
वैशाख ३०, २०८१चेक बाउन्सको समस्याले व्यवसायी र प्रहरीलाई हैरान
वैशाख ३०, २०८१मातहतका कार्यालयको दैनिक प्रगति पेस गर्न मुख्यमन्त्री अधिकारीको निर्देशन
वैशाख ३०, २०८१नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा
वैशाख ३०, २०८१फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु
वैशाख ३०, २०८१