कास्की मोर्डनाइज्डमा आँखा शिविर

आदर्श समाज सम्वाददाता
जेठ २६, २०८०
eye siber Jestha

पोखरा । कास्की मोर्डनाइज्ड एकेडेमी, चाउथेमा आँखा परीक्षण शिविर भएको छ ।

विद्यार्थीको स्वास्थ्यलाई ख्याल गरी स्कुलले नियमित रुपमा युरिन, स्टुल, ब्लड, दन्त परीक्षणसम्बन्धी शिविर चलाउँदै आएको आँखा शिविर गरेको हो । ३ दिनसम्म सञ्चालित शिविरमा पोखरा घारीपाटनस्थित हिमालयन आँखा अस्पतालले प्राविधिक सहयोग गरेको विद्यालयका सहप्राचार्य शिवलाल उपाध्यायले बताए ।

कार्यक्रम उद्घाटन गर्दै विद्यालयका संस्थापक प्राचार्य रामबहादुर मोचीले कतिपय आँखाका रोगबारे विद्यार्थीलाई पनि थाहा नहुने र अभिभावकलाई पनि ज्ञान नहुने बताउँदौ स्वास्थ्य सचेतना दिन शिविर कार्यक्रम वर्षैपिच्छे सञ्चालन गर्ने गरेको बताए । विद्यालयले आगामी दिनहरुमा यस्ता अरु थप कार्यक्रम पनि निरन्तर सञ्चालन गर्दै जाने उनको भनाइ थियो ।

शिविरमा कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थी, विद्यालयमा कार्यरत शिक्षक कर्मचारी गरी लगभग १ हजार ८ सय जनाले आँखा परीक्षण गराए ।

Related News

सम्बन्धित समाचार

hero news full width