माउन्ट अन्नपूर्णद्वारा सरसफाइ

आदर्श समाज सम्वाददाता
जेठ २४, २०८०
mt annapurna

पोखरा । विश्व वातावरण दिवसको उपलक्ष्यमा माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालय नदीपुरले विद्यालय हाता तथा विद्यालय वरपरका मुख्य सडक र चोकहरू सरसफाइ गरेको छ । वातावरण प्रदूषणविरुद्ध जनचेतना जगाउने प्लेकार्डसहित कक्षा ६ देखि कक्षा १० सम्मका सम्पूर्ण विद्यार्थी तथा शिक्षकको सरसफाइ कार्यक्रममा सहभागिता थियो ।

पोखरा ३ का वडा सदस्य सनकमान सिके, अस्थायी प्रहरी बिट पोखरा नं ३ का इन्चार्ज प्रहरी हबल्दार देवबहादुर घर्ती मगर पनि सरसफाइ कार्यक्रममा सहभागी थिए ।

विद्यालयका प्रधानाध्यापक सइन्द्रराज श्रेष्ठले सरसफाइका सामग्री जनप्रतिनिधि सनकमान सिकेलाई हस्तान्तरण गरी कार्यक्रम सुरु गरिएको थियो । वातावरण प्रदूषण न्यूनीकरण गर्नमा विद्यार्थीको भूमिका बढी हुने भएकाले प्रत्यक्ष रुपमा विद्यार्थीलाई कार्यक्रममा सहभागी गराइको विद्यालय निर्देशक अशोक शाहीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width