प्रतिभा उजागर गर्दै प्रतिष्ठान

आदर्श समाज सम्वाददाता
जेठ २४, २०८०
hemja sahitya

हेमजा । हेमजा साहित्य प्रतिष्ठानले आफ्नो नियमित रचनावाचन कार्यक्रम शुभप्रभात काव्यमालाको २ सय ३७ औं कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले प्रत्येक महिनाको दोस्रो शनिबार सञ्चालन गर्ने कार्यक्रमअन्तर्गत जेठ महिनामा संस्थापक अध्यक्ष जनार्दनशरण त्रिपाठीको निधन भई संस्था शोकमा परेकाले तेस्रो शनिबार गरिएको हो ।

त्यस अवसरमा प्राज्ञ कृष्णप्रसाद पौडेल, रीता कार्की कुँवर, धर्मराज पौडेल, ढुण्डीराज ज्ञवाली, सुनील गायक, अनीता केसी, रोशन गुरुङ, विष्णु बास्तोला, सम्मर गायक, परशुराम अधिकारी र बलराम पौडेलले विभिन्न रचनावाचन गरे ।

बाल प्रतिभाहरू सिम्रन नेपाली, असिम गायक, प्रीति नेपाली, विद्या गायक, अरुणा गायक, प्रकृति गायक, प्रनिश गायक, प्रतीक गायक र निकेश गायकले सामूहिक सारंङी बजाएर कार्यक्रममा रौनकता थपेका थिए ।

संस्थाका अध्यक्ष बलराम पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रम सचिव परशुराम अधिकारीले सञ्चालन गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width