हेम्जा बोर्डिङमा जुरेस

आदर्श समाज सम्वाददाता
जेठ २२, २०८०
hemja boarding

पोखरा । हेम्जा बोर्डिङ स्कुलमा जुनियर रेडक्रस सर्कल गठन भएको छ । विद्यार्थीहरुको भेलाले रिया दर्नालको अध्यक्षतामा नया समिति गठन गरेको हो ।

सर्कलको उपाध्यक्षमा इच्छा अधिकारी, सचिवमा सलिन गौतम, सह–सचिवमा किस्मत लामिछाने, कोषाध्यक्षमा विजय पौडेल छन् । सदस्यमा कृष्टिला गिरी, आयुष्ना परियार, रुविना कुँवर, एष्टर थापा मगर, एली शर्मा, सोनिया पोख्रेल छन् ।

आमन्त्रित सदस्यमा एराज श्रेष्ठ, जेसा भण्डारी, साहिल धमला, कृष्टिना शेरचन रहेका छन् । सर्कलको संरक्षकमा विद्यालयका संस्थापक प्रिन्सिपल केशवशरण पौडेल, शिक्षक नायक अशोक खाती र सहनायकमा प्रतीक्षा सुवेदी छन् ।

त्यस्तै सर्कलको सल्लाहकारमा माधावशरण पौडेल, तेजेन्द्र कुँवर र विष्णु कुँवर छन् ।

कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक प्रिन्सिपल केशवशरण पौडेलले हरेक विपतमा अग्रसर भएर सेवामा जुट्न आग्रह गरे । कार्यक्रम जुरेसका अध्यक्ष प्रनिशा दाहालको सभापतित्वमा भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै