पोखरा । अर्चलबोटमा नबिल बैंकको शाखा खुलेको छ । पोखरा महानगरपालिका वडा नम्बर २ का अध्यक्ष दिवसमान प्रधानांगले बिहीबार उक्त शाखाको उद्घाटन गरे । निजी क्षेत्रको पहिलो बैंक नबिलका देशभर नै बिहीबार ३८ वटा शाखाहरु उद्घाटन एकसाथ गरिएको थियो । यसपछि देशभर नबिलका २५५ शाखा पुगेका छन् ।
शाखा उद्घाटन समारोहमा वडाध्यक्ष प्रधानांगले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत उपलब्ध गराउन वडासँग सहकार्यका लागि प्रस्ताव गरे । उनले बैंकमार्फत भत्ता वितरण गर्दा ज्येष्ठ नागरिक र अपांगता भएकाहरुलाई निकै सजिलो हुने भनाइ राखे । ‘पैसा पनि सुरक्षित हुन्छ र उहाँहरुलाई पनि सजिलो हुन्छ,’ उनले भने ।
प्राडा यादव गौडेलले अर्थव्यवस्था शिथिल रहेको बेला पनि नबिलले विश्वसनीयताका साथ काम गरिरहेको बताए । नबिल बैंक अर्चलबोट शाखाका प्रमुख विशाल बरालले गण्डकी प्रदेशभर १९ र पोखरामा १० वटा शाखामार्फत बैंकले सेवा दिइरहेको जानकारी दिए ।
कार्यक्रममा कास्कीका पूर्व सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद रेग्मी, विन्ध्यवासिनी मावि वरपाटनका प्रअ वसन्तराज पाण्डे, खानेपानी संस्थान विन्ध्यवासिनी शाखाका प्रशासकीय प्रमुख शिव भण्डारी, सिजी ग्रुपका प्रदेश प्रमुख सुनील सुवेदीले शुभकामना मन्तव्य राखे । बैंककी कर्मचारी नमिता सुवेदीले सञ्चालन गरेको कार्यक्रममा नबिलकै कर्मचारी अर्जुन महतले स्वागत गरेका थिए ।
Related News
सम्बन्धित समाचार
ग्रिनका अध्यक्ष श्रेष्ठको सपथ
ग्रीन बैंकको वार्षिक साधारणसभा
ग्रिन बैंक र फिस्टेलबीच सम्झौता
गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा माधवप्रसाद उपाध्याय
गभर्नरलाई पर्यटन व्यवसायीको ज्ञापन, चर्को बैंक ब्याजदरले उठिवास
hero news full width
मुख्य समाचार
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१