नवलपुरको कालीगण्डकी करिडोरमा बस दुर्घटना हुँदा ९ घाइते

आदर्श समाज सम्वाददाता
जेठ १६, २०८०
bus accident

नवलपुर । नवलपुरको गैंडाकोट नगरपालिका ३ ताराखोलामा बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । गैंडाकोटको तारङखोलास्थित करिडोरमा मंगलबार साँझ साढे ६ बजे बस दुर्घटना परेको हो । चितवनबाट भ्रमणको लागि गएको बा२ख ७५८३ नम्बरको नवलपुरको बुलिङटार गाउँपालिका ६ घुमाउरीघाट घुमेर फर्कने क्रममा ब्रेकफेल भई दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।

बस सडकको बायाँ साइडमा पल्टिँदा बसमा सवार करिब २७ जना यात्रुमध्ये ९ जना घाइते भएका हुन् । घाइतेहरुको नाम ठेगाना खुलेको छैन । घाइतेहरुलाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width