ढिकुरपोखरीस्थित महिला सञ्जालको क्षमता अभिवृद्धि तालिम

आदर्श समाज सम्वाददाता
जेठ १५, २०८०
Annapurna talims

हेमजा । अन्नपूर्ण–२, ढिकुरपोखरीस्थित महिला सञ्जालको आयोजना तथा गाउँपालिकाको सहयोगमा सञ्चालित सकारात्मक सोच, नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम शुक्रबार सकिएको छ । महिलाहरूलाई आर्थिक, सामाजिक तथा राजनीतिक रुपमा सबल बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले महिलाहरूको क्षमता अभिवृद्धि गराउँदै आर्थिक रुपमा सबल र सक्षम बनाए मात्रै समृद्ध अन्नपूर्णवासीको सपना साकार हुने औंल्याए ।

गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले आर्थिक रुपमा कमजोर अवस्थामा रहेका महिला लक्ष्य गरी पालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको स्पष्ट पार्दै अब उनीहरूलाई उद्यमशीलतातर्फ पनि प्रेरित गर्नुपर्नेमा जोड दिइन् ।

त्यस अवसरमा पूर्व जनप्रतिनिधि भगवती भण्डारी, अन्नपूर्ण २ की सदस्य माया अधिकारी, प्रशिक्षक सुष्मा पौडेललगायत बोलेका थिए ।

कार्यक्रमका सहभागी रचना भण्डारी, हरिमाया भण्डारी, सरिता भण्डारी, वसन्ती पौडेल, सम्झना विकलगायतले आगामी वर्षहरूमा पनि महिला सक्षम बनाउने कार्यक्रमलाई निरन्तरता दिने आग्रह गरे । उनीहरूले तालिमबाट धेरै सिक्ने अवसर पाएको बताउँदै खुसीसमेत व्यक्त गरे ।

सञ्जालकी अध्यक्ष हरिमाया अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सरला त्रिपाठी भण्डारीले गरेकी थिइन् । तालिम ५ दिनसम्म चलेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै