हेमजा । पिल्लर भाँचिएको पनि करिब १ वर्ष बित्न लाग्यो । अझै पनि मर्मतको सुरसारै छैन । केवल पुल ढल्न नदिन भन्दै भाँचिएको पिल्लर नजिकै तारजाली भर्नमात्रै सुरु गरिएको छ । त्यो पनि सुस्त गतिमा । यो पाराले चाँडै नै पुल मर्मत होला र त्यसमाथिबाट ठूला सवारी ओहोरदोहोर गर्लान्, ढुक्कले आफू पनि हिँड्न पाइएला भन्ने त्यति भरोसा नै छैन कृष्णबहादुर परियारलाई ।
म्यादी स्थायी निवासी परियार कामको सिलसिलमा हाल मर्दी दोभानस्थित क्षतिग्रस्त सेतीनदीको पुल नजिकै हेमजातिरको खण्डमा बस्छन् । उनलाई दैनिक पुरुञ्चौरतर्फ आउजाउ गर्नुपर्दछ । त्यसका लागि उनले सो भाँचिएकै पुलको सहारा लिनुपर्दछ ।
भाँचिएको १ वर्ष पुग्न लाग्दासमेत मर्मत नभएपछि मर्दी दोभानस्थित उक्त पुलबाट दैनिक आवातजावतमा समस्या भइरहेको छ ।
पुलबाट जोखिम मोलेरै कतिपय मानिसहरू आवातजावत गर्न बाध्य हुनुपरेको छ भने मोटरसाइकलका लागि काठे पुलको सहारा लिनु परेको छ । जुन सुरक्षाका हिसाबले अत्यन्तै जोखिमपूर्ण छ । पुलबाट ठूला तथा मझौला सवारी सञ्चालन गर्न सक्ने कुनै सम्भावना नै छैन ।
बाढीका कारण गत वर्ष असार ४ गते भाँचिएको उक्त पुलको पूर्वी पिल्लर मर्मतका लागि हालसम्म कुनै पनि निकायले चासो देखाएका छैनन् । त्यसकारण स्थानीयहरूलाई पोखराको हेमजा, पुरुन्चौर, सार्दीखोला, लाहाचोक, घाचोकलगायत स्थानमा आवातजावतमा समस्या परेको छ ।
पुल संरक्षण गर्नुको साटो बरु उल्टै पुल नजिकैका क्षेत्रमा सेती नदी उत्खनन्को कार्य भइरहेको देख्न सकिन्छ ।
कुल ५० मिटर लामो उक्त पुल मर्मत गर्न नसके पनि वर्षामा ढल्ल नदिने उद्देश्यका साथ तारजाली (गेभिन) चिर्न लागिएको पोखरा १९ का वडाध्यक्ष पुपेन्द्र पाण्डेले जानकारी दिए ।
अहिलेलाई प्रदेशको बजेटबाट पुल संरक्षण गर्ने उद्देश्यमात्रै राखिएको छ । ‘सडक विभागमार्फत निर्माण गरिएको पुल मर्मतको फाइल अर्थ मन्त्रालयमा गएर रोकिएको छ । अर्को आवमा त्यो फाइल अगाडि बढे बजेट विनियोजन हुनेछ भन्ने आशामा छौं,’ अध्यक्ष पाण्डेले भने ।
Related News
सम्बन्धित समाचार
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
hero news full width
मुख्य समाचार
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१