वन ऐन माग गर्दै ज्ञापन

आदर्श समाज सम्वाददाता
जेठ ९, २०८०
kawasoti

नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा स्थानीय वन ऐन निर्माणको माग गर्दै सरोकारवालो सोमबार ज्ञापनपत्र बुझाएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल आदिवासी जनजाति महासंघ, ग्रिन फाउन्डेसन लगायतको टोली सोमबार नगरपालिकाका नगर प्रमुख विष्णु भुसाललाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा स्थानीय सरकारको वार्षिक नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने वन क्षेत्रका लागि सुझाव समेत पेस गरिएको थियो । समृद्धिका लागि वनको दिगो व्यवस्थापन, कोभिटबाट प्रभावित स्थानीय समुदायको उत्थान, स्थानीय समुदाय, आदिवासी जनजातिको हकहितलाई सुनिश्चित गर्ने गरी स्थानीय वन नीति, कानुन निर्माण्ण र समायानुकूल परिमार्जन गर्न सुझाव पेस गरेको थियो ।

त्यसैगरी, सामुदायिक वन उपभोक्ता समूह लगायतका समुदायमा आधारित वन व्यवस्थापन समूह, निजी तथा पारीवारिक निजी वन दर्ता, सञ्चालन र व्यवस्थापनसम्बन्धी आवश्यक कार्य गर्न लगायत सुझाव पेस गरेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ नवलपुर अध्यक्ष रामकुमार श्रेष्ठ, सामुदायिक वन उपभोक्ता महासंघ नवलपुर अध्यक्ष ठाकुर पाण्डे, ग्रिन फाउन्डेसन विष्णु केसीलगायत टोलीले नगर प्रमुख भुसाललाई सुझाव पेस गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width