प्रदेशस्तरीय एसइई फुटसल

आदर्श समाज सम्वाददाता
जेठ ८, २०८०
Futsal News Start

पोखरा । स्टेप बाई स्टेप माध्यामिक विद्यालयले गण्डकी प्रदेशस्तरीय एसइई फुटसल प्रतियोगिता आयोजना गरेको छ ।

शनिबार प्रतियोगिता उद्घाटन गर्दै गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले शिक्षासँगै खेलकुदमा युवाहरुको भूमिका महत्वपूर्ण रहने बताइन् । खेलकुदले शारीरिक र मानसिक स्वास्थ्यमा मद्दत पुर्‍याउने तथा भाइचाराको विकास गर्ने कुरा उनले बताइन् ।

प्रतियोगितामा कास्की, तनहुँ, बागलुङ लगायत जिल्लाका २६ टिमले भाग लिएका छन् । एक महिनासम्म चल्ने प्रतियोगिता प्रत्येक शनिबार हुनेछ ।

विजेताले नगद २० हजार रुपैयाँसँगै ट्रफी, मेडल, प्रमाणपत्र र कक्षा ११ र १२ अध्ययनका लागि पूर्ण छात्रवृत्ति समेत पाउने छन् । उपविजेताले नगद १५ हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाणपत्रसँगै कक्षा ११ र १२ मा अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति प्राप्त गर्ने कार्यक्रमका संयोजक तथा विद्यालयका सहप्राचार्य दीपक गिरीले जनाए ।

उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले पनि अध्ययनमा पूर्ण छात्रवृत्ति प्राप्त गर्ने उनले जनाए ।

पहिलो खेलमा स्टेप बाई स्टेप मावि (पिस) ले प्रगति माविलाई १३–० ले जित हासिल गरेको थियो । दोस्रो खेलमा झुम्पाकले एलसी ब्रदरहरुलाई २–१ को पेनाल्टी सुट आउटमा पराजित गर्दा तेस्रो खेलमा घारीपाटन फुटबल क्लबले मदरल्यान्ड (डिमसिटी) माविलाई १०–३ अन्तरले हरायो । अर्को खेलमा ब्रदर युनिटीले बेस्ट एफसी (सैनिक) लाई ६–१ ले पराजित गरेको थियो । बाँकी खेल आगामी शनिबार हुने सूर्यप्रसाद लम्सालले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै