दशनामी समाज गण्डकीमा मोती

आदर्श समाज सम्वाददाता
जेठ ८, २०८०
Dasnami Samaj Gandaki

पोखरा । नेपाल दशनामी समाज गण्डकीको प्रथम अधिवेशनबाट मोती गिरी (कास्की) अध्यक्ष चयन भएका छन् ।

समिति वरिष्ठ उपाध्यक्षमा वसन्त गिरी (नवलपरासी), प्रथम उपाध्यक्षमा योगराज गिरी (पर्वत), उपाध्यक्षमा ज्ञान गिरी (म्याग्दी), सचिवमा देवराज गिरी (कास्की), सहसचिवमा सागर गिरी (गोरखा), कोषाध्यक्षमा विष्णुमाया गिरी (लमजुङ) रहेका छन् । सदस्यमा चिन्तु गिर, राजेन्द्र गिरी, नारायण गिरी, गोविन्द गिरी, उमा गिरी, ईन्दिरा गिरी, ममता गिरी, ऋषिराम पुरी, विनु गिरी र कृष्ण गिरी चयन भए ।

नेपाल दशनामी समाजका केन्द्रीय उपाध्यक्ष तुलसी गिरीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य गोविन्द गिरीले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै समाजको हितलाई मध्यनजर गर्दै सामाजिक हितमा लाग्न आग्रह गरेका थिए । समाजका कास्की जिल्ला अध्यक्ष हिरा गिरीले स्वागत र केन्द्रीय महासचिव जगत मोहन गिरीले सञ्चालन गरेका थिए ।
उक्त अवसरमा मीना गिरीको अध्यक्षतामा ६ सदस्यीय नेपाल दशनामी समाज गण्डकी महिला समिति समेत गठन गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै