बेसलाइन एकेडेमीमा बाल क्लब तथा सदनात्मक निर्वाचन

आदर्श समाज सम्वाददाता
वैशाख ३०, २०८०
baseline

पोखरा ।  पोखरा वडा १३ स्थित बेसलाइन एकेडेमीमा बाल क्लब तथा सदनात्मक निर्वाचन भएको छ ।

बाल क्लबको अध्यक्षमा कक्षा १० का सुरज रानाभाट १ सय ३३ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी सलिना गुरुङ र सुदिना पौडेलले क्रमशः १ सय ९ र ८६ मत प्राप्त गरेका थिए ।

क्लब उपाध्यक्ष स्वीकृति गुरुङ, सचिव दिवस सुयाल, कोषाध्यक्षमा सौरभी राजभाट तथा सदस्यमा विपीन नेपाली, प्रिन्स वस्याल, अस्मिन खातुन, ऐश्वर्या श्रेष्ठ, र सृष्टि गुरुङ निर्वाचित भएका छन् ।

सदनात्मक निर्वाचनबाट संयोग काफ्ले, प्रेम मगर, सम्राट गुरुङ र रोहन श्रेष्ठ क्रमशः माछापच्छ«े, अन्नपूर्ण, नीलगिरी र धौलागिरी सदनका नायकमा निर्वाचित भएका छन् । त्यसबाहेक सहनायक, मावि संयोजक, आधारभूत तह संयोजक पनि निर्वाचित भए ।

निर्वाचन संयोजक रामप्रसाद तिमिल्सेनाका अनुसार ३ सय ५६ मतदाता रहेको उक्त निर्वाचनमा ९४.१ प्रतिशत मत खसेकोे थियो । विद्यालयले विद्यार्थीको प्रजातान्त्रिक संस्कार तथा नेतृत्वसीपको विकासका लागि विगतदेखि नै यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width