स्याङ्जामा विपदबाट प्रभावितमध्ये ९५ घर निर्माण

आदर्श समाज सम्वाददाता
वैशाख ३०, २०८०
Bipadd

स्याङ्जा। स्याङ्जामा मौसमजन्य विपदबाट प्रभावितमध्ये ५० प्रतिशत घर निर्माण पूरा भएका छन् । प्रभावितमध्ये २५ प्रतिशत घर निमार्णाधीन रहेको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । बाढी र पहिरोजन्य अवस्थाबाट सिर्जित मौसमजन्य विपदमा जिल्लाका १ सय ८६ घरमध्ये ९५ वटा निर्माण भएका हुन् ।

तीमध्ये ४६ निमार्णाधीन र ४५ वटा नबनेको अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जानकारी दिए । बाढीपहिरोबाट प्रभावित भएको भन्दै स्याङ्जा प्रशासनमा ४ सय १५ वटा सिफारिस परेको थियो । पछि स्थलगत अनुसन्धानसहित निर्धारित मापदण्डभित्र १ सय ८६ घरमात्र लाभग्राही सूचिमा परे । त्यसमा पनि विभिन्न किसिमका गुनासा देखिए । उनका अनुसार विभिन्न किसिमका गुनासा आएपछि विपद व्यवस्थापन प्राधिकरणसहितको प्राविधिक टोलीले स्थलगत अनुगमन तथा निरीक्षण गरेकोमा २०७७ जेठ ३१ देखियता आएको बाढीपहिरोबाट प्रभावित आवास तथा घर निर्माणका लागि सरकारले पहाडी जिल्लामा प्रतिघर ४ लाख रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । यसैगरी, हिमाली जिल्लामा ५ र तराईंमा ३ लाख रुपैयाँ दिने भएको हो । जग्गा खरिदका लागि ३ लाख रुपैयाँ दिने भएको छ । स्याङ्जामा भने पहिलो किस्तावापतको ७५ हजार रुपैयाँ पाएका छन् । सम्झौता भएको मितिले २ वर्षभित्रमा घर निर्माण गरिसक्नु पर्ने छ । सोही सूचिकृत घरको अवस्था बुझ्न गृह मन्त्रालयअन्तर्गतको विपद व्यवस्थापन प्राधिकरणका टोलीसहित स्याङ्जा प्रशासनले विपद प्रभावित आवास÷घरको अनुगमन तथा निरीक्षण गर्‍यो । गृह मन्त्रालयका उपसचिव कृष्ण गैह्रेसहितको प्राविधिक टोली र सहायक प्रजिअ नमिता रेग्मी सहितको टोलीले झण्डै २ साता स्थलगत निरीक्षण गरेको जनाएका छन् ।

अनुगमनक्रममा बस्न हुने घर हुदाँहुँदै पनि अर्को घर बनाएको, नयाँ बनेका घर पनि जोखिममा रहेका, नयाँ घर बनाउन पुराना घर भत्काउन नचाहेको, दोहोरोतेहोरो (भूकम्प, जनता आवास, मौसमजन्य विपदबाट) समेत रकम लिन खोजेका जस्ता त्रुटीहरु भेटिएको छ । यस्तै, ४० देखि ५० प्रतिशत क्षति भएका घर, केही आंशिक क्षतिका घर, कतै च्याँखे थापेका र बस्दै नबसेका घर पनि जोखिममा राखिएको छ ।

स्याङ्जा विपद व्यवस्थापन समितिको बैठकमा उपसचिव गैह्रेले विपद प्रभावितको स्थलगत अवस्थाका बारेमा जानकारी गराए ।

बैठकमा सत्यतथ्य विवरण उपलब्ध गराएर राज्यद्वारा उपलब्ध सेवासुविधा ग्रहणगरी सुरक्षित आवास निर्माणको वातावरण बनाउन सरोकारवाला सबैलाई प्रजिअ घिमिरेले सुझाव दिए । जिसस प्रमुख श्रीप्रसाद जिटी, कांग्रेस कावा सभापति केदार काफले, एमाले अध्यक्ष सूर्यप्रसाद गैह्रे, पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मी, भीरकोट नगर प्रमुख गोविन्दकुमार कर्माचार्य, आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेल, विरुवा गाउँपालिकाका अध्यक्ष सूर्य कुँवरलगायतले सुझाव दिएका छन् ।

साथै, बैठकले डेंगु रोग नियन्त्रणलगायत आगलागी, बाढीपहिरोजस्ता विपद नियन्त्रणका लागि तयारी अवस्थामा रहन विभिन्न विषयगत कार्यालय तथा निकायलाई आवश्यक सामग्रीसहित सजग रहन आग्रह गरेको छ । वर्षात्को मौसम नजिकिँदै गर्दा स्याङ्जा प्रशासनले विपद नियन्त्रणका लागि सरोकारवालासँगको छलफललार्ई तीव्र बनाएको हो ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा १४ मजदुर सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख २२, २०८१
    पोखरा । पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्रका १४ जना मजदुरहरुलाई सम्मान गरेको छ । महानगरको सहरी योजना आयोगअन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्रले…
  • ‘शान्ति छर्न ब्रह्मकुमारी विश्वविद्यालयको योगदान’

    आदर्श समाज सम्वाददाता वैशाख २२, २०८१
    पोखरा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वमा शान्ति छर्न ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको महत्वपूर्ण योगदान रहेको बताएका छन् । ब्रह्मकुमारी…
  • रानाभाट/भाटलाई छुट्टै जातिमा सूचीकृत गरिने

    आदर्श समाज सम्वाददाता वैशाख २१, २०८१
    पोखरा । रानाभाट तथा भाट जातिमा रहेकोे अन्योल छिट्टै अन्त्य हुने भएको छ । रानाभाट तथा भाट जातिलाई छुट्टै जातिमा…
  • मानव सेवा अश्रममा खाना खुवाइयो

    आदर्श समाज सम्वाददाता वैशाख २०, २०८१
    पोखरा । रोटरी क्लब अफ नक्साल शक्तिको स्थापना दिवसका अवसरमा पोखराको हेमजामा रहेको मानव सेवा आश्रमा बिहानको खाना खुवाइएको छ…
  • लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २०, २०८१
    पोखरा । बेलायतको परोपकारी संस्था द ह्वाइटली फण्ड फर नेचर (डब्लुएफएन) ले पोखराका राजु आचार्यलाई ह्वाइटली अवार्ड २०२४ मा सम्मानित गरेको…

hero news full width