पोखरामा नाटकको अन्तर्राष्ट्रिय सेमिनार हुँदै

आदर्श समाज सम्वाददाता
वैशाख २२, २०८०
Series-Bramanda-News

पोखरा । नेपाल नाट्यप्रतिष्ठान पोखराको आयोजनामा नेपाली नाटकबारे प्रथम अन्तर्राष्ट्रिय सेमिनार हुने भएको छ । वैशाख २८ गतेदेखि ३ दिनसम्म पोखरामा चल्ने उक्त सेमिनारमा नेपालका विभिन्न स्थान लगायत भारतबाट समेत विषयविज्ञ सहभागी हुने कार्यक्रम छ ।

सो सेमिनारमा नेपालबाट प्रतिष्ठानका अध्यक्ष प्राडा रामचन्द्र पोखरेल लगायत प्राडा सावित्री मल्ल कक्षपती, डा. अशोक थापा, डा. कान्छी महर्जन, डा. नारायणदत्त पन्थ, पुरु लम्साल, तारा पोखरेल र गीता सापकोटाले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

त्यस्तै भारतबाट डा. सुकराज दियाली (सिलगढी), डा.वीरबहादुर विश्वकर्मा(सिलगढी), पूर्णकुमार शर्मा (असाम), तेजमान बराइली (सिक्किम), नवीन पौड्याल (कालेबुङ, दार्जिलिङ), योगेश खाती (दार्जिलिङ), युवराज काफ्ले (सिलगढी), सरदकुमार क्षेत्री (कालेबुङ), धर्मराज थापा (दिल्ली) र सञ्जीव गुरुङ (कलकत्ता)ले कार्यपत्र प्रस्तुत गर्ने कार्यतालिका रहेको प्रतिष्ठानले जनाएको छ ।

सेमिनार मार्फत नेपाली नाटक तथा भारतीय नेपाली नाटक र रंगमञ्चको खोज अनुसन्धान, बहस तथा छलफल गरी निस्केको निश्कर्षलाई एकीकृत रुपमा प्रकाशन गर्ने उद्देश्य राखिएको छ । सम्भव भएसम्म नेपाली नाटकलाई अंग्रेजी भाषामा अनुवाद गरी प्रकाशन गर्ने लक्ष्य पनि छ ।

नेपाली कला, कौशल, संगीत, नाटक, रंगमञ्च तथा समग्र संस्कृति एवं नेपाली साहित्यको श्रीबृद्धि गर्ने उद्देश्यले २०७८ सालमा स्थापित प्रतिष्ठानले सेमिनार गर्न लागेको हो। उक्त सेमिनारलाई निकै अर्थपूर्ण एवम् साहित्यकारको जमघटका रुपमा समेत हेरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • स्मृतिहरु नै बेचिन थालेपछि…

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । ‘म गीता छोएर भन्न सक्छु, सम्झना भन्ने केटीसित मेरो जीवनकालमा कतै भेट भएकै छैन,’ नाटकको मुख्यपात्र (लक्ष्मण डुम्रे)…
  • ‘मनसरा’ बाट आशावादी मिरुना

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । बहुप्रतिक्षित नेपाली फिल्म ‘मनसरा’ २१ वैशाखदेखि प्रदर्शन तयारी छ । फिल्म लेखक तथा निर्देशक उपेन्द्र सुव्वा फिल्म युनिटसहित…
  • पाइन खबर साँझमा हरिदेवीका गीत

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  ‘घरको मालिक परदेशमा गएको,                धेरै भयो केही खबर नपाको    …
  • अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र…
  • पृथक निर्देशन र छायांकनको ‘रंगेली’   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली कथानक चलचित्र ‘रङ्गेली’ अहिले प्रदर्शनमा रहेको छ । निर्देशक अर्जुन…

hero news full width