२८ युनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
वैशाख १६, २०८०
Blood Donation Photo

पोखरा । कर्मचारी बचत तथा ऋण सहकारी संस्थाले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा २८ युनिट रगत संकलन भएको छ । संस्थाको १६ औं स्थापना दिवसको अवसरमा रक्तदानप्रति नयाँ रक्तदातालाई प्रेरित गर्ने उद्देश्यले आयोजित रक्तदानमा २८ युनिट रगत संकलन भएको हो ।

कार्यक्रममा प्रदेश सभा सदस्य प्रकाश बरालले पहिलो रक्तदाता सुरेशकुमार श्रेष्ठलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम सुरु भएको संस्थाका अध्यक्ष महेश सिग्देलले जानकारी दिए । पहिलो रक्तदाताले ५७ औं पटक रक्तदान गरेको उनले बताए ।

रक्तदान कार्यक्रमका लागि रक्तसञ्चार केन्द्र पोखराले प्राविधिक सहयोग उपलब्ध गराएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य बरालले मानिसहरूको भावनामा सकारात्मक परिवर्तन ल्याउन रक्तदान कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गर्दै आएको उल्लेख गरे ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा १४ मजदुर सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख २२, २०८१
    पोखरा । पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्रका १४ जना मजदुरहरुलाई सम्मान गरेको छ । महानगरको सहरी योजना आयोगअन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्रले…
  • ‘शान्ति छर्न ब्रह्मकुमारी विश्वविद्यालयको योगदान’

    आदर्श समाज सम्वाददाता वैशाख २२, २०८१
    पोखरा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वमा शान्ति छर्न ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको महत्वपूर्ण योगदान रहेको बताएका छन् । ब्रह्मकुमारी…
  • रानाभाट/भाटलाई छुट्टै जातिमा सूचीकृत गरिने

    आदर्श समाज सम्वाददाता वैशाख २१, २०८१
    पोखरा । रानाभाट तथा भाट जातिमा रहेकोे अन्योल छिट्टै अन्त्य हुने भएको छ । रानाभाट तथा भाट जातिलाई छुट्टै जातिमा…
  • मानव सेवा अश्रममा खाना खुवाइयो

    आदर्श समाज सम्वाददाता वैशाख २०, २०८१
    पोखरा । रोटरी क्लब अफ नक्साल शक्तिको स्थापना दिवसका अवसरमा पोखराको हेमजामा रहेको मानव सेवा आश्रमा बिहानको खाना खुवाइएको छ…
  • लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २०, २०८१
    पोखरा । बेलायतको परोपकारी संस्था द ह्वाइटली फण्ड फर नेचर (डब्लुएफएन) ले पोखराका राजु आचार्यलाई ह्वाइटली अवार्ड २०२४ मा सम्मानित गरेको…

hero news full width