टेबलटेनिस प्रतियोगिता

आदर्श समाज सम्वाददाता
वैशाख १४, २०८०
tt news photo

पोखरा । विश्व टेबलटेनिस डे अवसरमा नौलो घुम्ती नेपालको आयोजनामा कास्कीमा लागु पदार्थ न्युनीकरणको लागि क्रियाशील गैरसरकारी संस्थाबीच टेबलटेनिस प्रतियोगिता भएको छ ।

नौलो घुम्ती नेपालका पूर्व अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटी सदस्य खड्गबहादुर रानाभाटले प्रतियोगिता उद्घाटन गर्दै व्यक्तिको चौतर्फी विकासमा खेलकुदको महत्व ठूलो हुने बताए ।

जिल्ला टेबलटेनिस संघ कास्की अध्यक्ष उत्तम जोशी र रिकभरी नेपालका दिलीप गुरुङले टेबलटेनिसले व्यक्तिको मानसिक तथा शारीरिक थेरापी गर्ने भएकाले नियमित रुपमा खेल्नुपर्ने बताए ।

प्रतियोगितामा मेन्स सिङगलतर्फ रिचमन्ड फेलोसिपका अनुश त्रिपाठी प्रथम, नौलो घुम्ती नेपालका रुपक थापा दोस्रो, हेल्पिङ हेन्सका सञ्जित केसी र सुमन क्षत्री तृतीय भए ।

बुमन्स सिंगलतर्फ नीलिमा रजक, अन्जना थापा मगर, अनु दवाडी र सिवनी गौतम विजयी भए । मेन्स डबलतर्फ हेस्पिङ हेन्सका सञ्जित केसी र सागर सापकोटा प्रथम, नौलो घुम्ती नेपालका रुपक थापा र अनिष सापकोटा दोस्रो, रिचमन्ड फेलोसिपका अनुश त्रिपाठी र विकास क्षत्री तथा मनोजकुमार गुरुङ र सन्तोष गुरुङ तृतीय भए ।

इन्टरनेस्नल टेबलटेनिस फाउन्डेसनको आर्थिक सहयोगमा लागु पदार्थ दुव्र्यसनीको उपचारार्थ रिहावमा भर्ना भएका व्यक्तिलाई टेबलटेनिस माध्यमबाट सोचाइमा सकरात्मकता ल्याई जीवनशैलीमा परिवर्तन ल्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नौलो घुम्ती नेपालका कार्यक्रम संयोजक ओम गुरुङले बताए ।

प्रतियोगितामा कास्की जिल्लामा रहेका कम्युनिटी सपोर्ट ग्रुप, रिचमण्ड फेलोसिप, गौरव नेपाल, नौलो घुम्ती नेपाल, रिकभरी नेपाल, हेल्पिङ हेन्स लगायत ८ संस्थाका ३६ जना खेलाडीले भाग लिएका थिए ।

विजेतालाई जिल्ला टेबलटेनिस संघ कास्की अध्यक्ष उत्तम जोशी, संघका सचिव पत्रकार कृष्ण रानाभाट, रिकभरी नेपालका दिलीप गुरुङ लगायतले पुरस्कार वितरण गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै