नेपालमा विमानस्थलको आवश्यकताबारे धेरै ठाउँबाट आवाज उठ्ने गरेको छ । नेपालको भौगोलिक स्थिति हेर्दा पनि धेरै ठाउँमा विमानस्थल बनाउनु पर्ने देखिन्छ । केही स्थानमा विमानस्थल बनेका पनि छन् । विमानस्थल निर्माणले त्यस ठाउँको विकासमा केही सघाउ पुगेको छ । थोरै भए पनि त्यस ठाउँको सामाजिक र आर्थिक प्रक्रिया चलायमान भएका छन् । तर सबै ठाउँमा त्यस्तो छैन । केही विमानस्थल बनेका छन् तर त्यहाँ जहाज जाँदैनन् । विमानस्थल प्रयोगहीन छन् । केही विमानस्थल चालु त छन् तर घाटामा छन् । सरकारले केही हप्ता पहिले सार्वजनिक गरेको तथ्यांकअनुसार कम्तीमा १५ विमानस्थल घाटामा छन् । त्यसमध्ये अहिले अन्तर्राष्ट्रियस्तरको सिद्धार्थ नगरको गौतमबुद्ध विमानस्थल र पोखराको विमानस्थल थपिएका छन् ।
गौतमबुद्ध विमास्थल र पोखराको अन्तर्राष्ट्रिय विमानस्थलबारे अहिले धेरै चर्चा परिचर्चा भइरहेका छन् । यी विमानस्थल निर्माण गर्ने बेलामा अधिकांशले विमानस्थलको आवश्यकता र औचित्यबारे धेरै कुरा भनेका थिए । तर अब निर्माण कार्य पूरा भएर चालु अवस्थामा पुगेपछि त्यसबारे टीका टिप्पणी सुरु भएको छ । केही शीर्षनेताले समेत ती विमानस्थलको औचित्य नभएको कुरा बताउन थालेका छन् । नेताहरुको त्यस्तो प्रतिक्रियाले स्थानीयवासी र ती विषयमा काम गर्नेहरुमा खिन्नता आउने गरेको छ । अर्बौ रकमको लगानीमा तयार भएका ती विमानस्थलको नकारात्मक टिप्पणी राष्ट्रकै लागि घातकसिद्ध हुन्छ । यस्तो विकासको काममा सबैले सकारात्मक सोच राख्नु पर्दछ । त्यसको सम्भावना के कस्तो छ, त्यो हेरेर सुझाव दिनु पर्दछ ।
गौतमबुद्ध विमानस्थल मुख्यतः २ कुरालाई ध्यानमा राखेर निर्माण गरिएको हो । जसमध्ये भगवान् बुद्धको जन्मस्थल पवित्र लुम्बिनीमा विश्वभरका बौद्ध तीर्थयात्रीहरु आउने अपेक्षा गरिएको छ । तीर्थ यात्रीहरु आउन पनि सक्छन् । तर त्यसको प्रचार राम्ररी गरिएको छैन । अर्को बृहत्तर लुम्बिनीको अवधारणाअनुसार कपिलवस्तु, रुपन्देही र नवलपरासीमा जे जसरी बनाउनु पर्ने हो, त्यतातिर कसैरले ध्यान दिएको छैन । साथै नेपाल आउने र नेपालबाट जाने विमानलाई भारतले अनुकूलको रुट नदिएबाट पनि अप्ठेरो आएको छ । जहाँसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कुरा छ, त्यो अहिलेसम्म घरेलु उडानमै खुम्चिएर छ । नाम अनुसारको काम भएको छैन । यसको मार्केट खोज्नेतर्फ कसैको ध्यान गएको छैन । भएन–भएन भन्नुभन्दा व्यावहारिक अड्चन के–कसरी हटाउने ? त्यतातिर ध्यान दिनु आवश्यक छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१