मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु

आदर्श समाज सम्वाददाता
वैशाख ६, २०८०
dead chituwa

म्याग्दी । बेनी नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा चितुवा मरेको छ। बेनी–१ रत्नेचौरको घैयारामा मंगलबार साँझ ७ बजे बागलुङबाट आउँदै गरेको सुशील खत्रीको बा ८ प ४०७२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा चितुवा मरेको हो।

सडकमा गुडिरहेको मोटरसाइकलमा सडक पार गर्दै गरेको चितुवा ठोक्किएपछि घटनास्थलमा नै मरेको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ।

करिब ४० केजीको चितुवाको उमेर २ वर्ष रहेको अनुमान गरिएको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले जानकारी दिए। मृत चितुवाको बुधबार मुचुल्का तयार गरी व्यवस्थापन गरिँदै छ।

Related News

सम्बन्धित समाचार

  • लक्ष्मीनारायण टोल विकासको सभा

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । लक्ष्मीनारायण टोल विकास संस्था, पोखरा १३ आर्वाको साधारण सभा शनिबार सम्पन्न भएको छ । पोखरा १३ का अध्यक्ष…
  • दानबहादुरसहित  ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    काठमाडौं । नेपाल प्रहरीका ४ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह…
  • प्रतिभामा बोल्ने कलासम्बन्धी तालिम

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । पोखराको नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यार्थीहरूका लागि तालिम सम्पन्न गरेको छ । तालिममा कक्षा ४ देखि…
  • विवाद समाधानमा न्यायिक समिति सक्रिय

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले स्थानीय तहका विवाद न्यायिक समिति मार्फत समाधान हुँदा मुद्दाको भार घटेको बताएका…
  • वैदेशिक रोजगार शाखा संरक्षण संघको रक्तदान

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकी प्रदेशद्वारा आयोजित रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन भएको छ । नेपाल…

hero news full width