बर्दिया पोखरा सम्पर्क समाजमा केशवराज

आदर्श समाज सम्वाददाता
चैत्र ३०, २०७९
Bardiya pokhara samaj poudel

पोखरा । बर्दिया पोखरा सम्पर्क समाजको पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशने केशवराज पौडेलको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।

समाजको वरिष्ठ उपाध्यक्ष सुरेशराज सुवेदी, उपाध्यक्ष पुष्पा मरासिनी, महासचिव तोया अधिकारी, सचिव पदमप्रसाद ढकाल, कोषाध्यक्ष रामप्रसाद अधिकारी, सहकोषाध्यक्ष विन्दु अधिकारी चयन भए ।

सदस्यमा उषा रिमाल, सीता थारु, दर्पण थारु, रंगीला बास्तोला, ज्योति थारु, सागर पौडेल, कृष्ण देवकोटा र ईश्वरी श्रेष्ठ चुनिए । कार्यकाल २ वर्षको हुनेछ ।

गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य सचिव विनोदविन्दु शर्माले समाजले बर्दिया र पोखरालाई भावनात्मक रुपमा जोड्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए । आगामी दिनमा नयाँ कार्यसमितिले अझ सशक्त कार्यक्रम कार्यान्वयन गर्दै समाजको भूमिका विस्तार गर्न उनको सुझाव थियो ।

बर्दियामा लामो समय शैक्षिक सेवा प्रदान गरेका अग्निधर सुवेदी, ज्येष्ठ नागरिक गंगाराम पौडेल र समाजका संस्थापक सदस्य शिषिर कँडेललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष दीपक पौडेल, पूर्ण शर्मा, नीलबहादुर अधिकारी, गोविन्द अधिकारी लगायतले बोलेका थिए । सो अवसरमा समाजले प्रकाशन गरेको नयाँ वर्ष २०८०’ को क्यालेन्डर विमोचन गरियो ।

Related News

सम्बन्धित समाचार

  • लक्ष्मीनारायण टोल विकासको सभा

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । लक्ष्मीनारायण टोल विकास संस्था, पोखरा १३ आर्वाको साधारण सभा शनिबार सम्पन्न भएको छ । पोखरा १३ का अध्यक्ष…
  • दानबहादुरसहित  ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    काठमाडौं । नेपाल प्रहरीका ४ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह…
  • प्रतिभामा बोल्ने कलासम्बन्धी तालिम

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । पोखराको नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यार्थीहरूका लागि तालिम सम्पन्न गरेको छ । तालिममा कक्षा ४ देखि…
  • विवाद समाधानमा न्यायिक समिति सक्रिय

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले स्थानीय तहका विवाद न्यायिक समिति मार्फत समाधान हुँदा मुद्दाको भार घटेको बताएका…
  • वैदेशिक रोजगार शाखा संरक्षण संघको रक्तदान

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकी प्रदेशद्वारा आयोजित रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन भएको छ । नेपाल…

hero news full width