पोखरा महानगरपालिका–२५ स्थित हेमजामा आलु महोत्सव यसपटक आयोजना गरिएको छ । आइतबार सुरु गरिएको महोत्सव वैशाख ३ गतेसम्म चल्ने छ । विगत ३ वर्ष कोभिड–१९ का कारण स्थगित भएकोे थियो । महोत्सवको सुरुमा स्थानीय मिलन चोकबाट झाँकीसहितको शोभा यात्रा गरिएको थियो । शोभा यात्रामा कृषकहरू आलुको माला माला लगाएर तथा अन्य कृषि उत्पादन शरीरभरि झुड्याएर नाच्दै गाउँदै महोत्सव स्थल विष्णु पादुका खेल मैदान गएका थिए । खेलमैदानमा आलु महोत्सव भव्य तयारी गरिएको थियो । महोत्सवमा कृषिका उत्पादनहरू प्रदर्शनमा राखिएको छ भने आलुको ठूलो पहाड निर्माण गरिएको छ । प्रदर्शनीमा आलुको पहाड बनाएर राख्नु हेमजाको विशेषता भएको छ ।
हेमजाले आलु उत्पादनको क्षेत्रमा एउटा छुट्टै पहिचान बनाएको छ । हेमजाको आलुले ग्राहकहरूलाई त्यसै आकर्षित गर्ने गरेको छ । महोत्सवको आयोजना गर्ने गरिएबाट टाढाका किसानहरूलाई समेत यसले तान्ने गरिएको छ । महोत्सवले एकातिर हेमजाको आलुकोे सजिलै प्रचार हुने गरेको छ भने अर्कोतिर ग्राहकहरू महोत्सव स्थलमा नै आएर किन्ने गरेका छन् । यस पटक महोत्सव स्थलमा प्रतिकिलो ३५ रुपैयाँ निर्धारण गरिएको छ । आयोजकहरूले ४० टन आलु बिक्री वितरण गर्ने अपेक्षा राखेको छ । प्रदर्शनीमा आलुका परिकार बनाएर खुवाउने पनि व्यवस्था छ । आलु नेपालीहरूको महŒवपूर्ण तरकारी हो । यो तरकारी सबैलाई मनपर्ने र सबैजसो तरकारीमा मिसाएर उपयोग गर्न सकिने हुन्छ । त्यसैले यसको प्रयोग नेपाली भान्छामा बढी हुने गर्दछ ।
महोत्सवमा तत्सम्बन्धी प्रशिक्षणको आयोजना पनि हुने भएको छ । प्रशिक्षणमा किसानले सामना गर्नु परेका बिउबिजनको समस्याबारे विचार–विमर्श हुने नै छ । यसमा विषय विज्ञहरू र सरकारमा बस्नेहरूले यसको प्रशंसा गर्ने अपेक्षा गरिएको छ । तर त्यो प्रशंसा नै पर्याप्त छैन । यसको उत्पादन अन्यत्र पनि फैलाउनु आवश्यक छ । हेमजाले दशक अघिदेखि आलु महोत्सव मनाएर आफ्नो पहिचान कायम गरेको छ । तर यसको सिको अरुले त्यत्ति गरेको देखिएको छैन । त्यसको साथै एउटा अर्को के सोच्नु आवश्यक छ भने यस किसिमले आलु उत्पादन गरेपछि यसलाई विदेशमा पठाउने प्रयास गर्नुपर्दछ र यसबाट पनि विदेशी मुद्रा कमाउने उपाय गर्नुपर्दछ । यस दिशातिर हामी आयोजकहरू एवं अन्य कृषकहरूको ध्यान आकर्षित गर्न चाहन्छौं ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१