पोखरा। फेवा नव वर्ष महोत्सवमा सुरक्षा र छुटको विषयलाई विशेष ध्यान दिन पर्यटकीय संघसंस्थाले सुझाव दिएका छन् ।
आयोजक होटल संघ पोखरा नेपालले शुक्रबार महोत्सवका बारेमा सुझाव र सल्लाह लिन आयोजना गरेको छलफलमा व्यवसायीले सुरक्षाको विषय संवेदनशील भएको भन्दै महोत्सवमा कुनै अप्रिय घटना नहोस् भन्नेतर्फ सचेत रहनुपर्ने सुझाव राखे । यसैगरी महोत्सवकै समयमा रेस्टुरा र होटलमा खानबस्न तथा अन्य पर्यटकीय सेवामा के कस्तो छुट र सहुलियत छ भनी व्यवसायीले जिज्ञासा राखेका थिए ।
यही चैत २९ देखि वैशाख १ सम्म लेकसाइडको अम्मटदेखि हल्लनचोकसम्म फेवा नव वर्ष महोत्सव हुँदै छ । पोखरा ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले संघमा दर्ता नभएका होटलले महोत्सवको अवसरमा महँगो शुल्क असुल्दा गलत सन्देश गएको अनुभव सुनाए । मुनाफा कम गरेर भए पनि यस्तो बेला उपभोक्तालाई छुट दिन सक्नुपर्ने उनले सुझाव दिए ।
पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले फेवा महोत्सव एउटा ब्रान्डकै रुपमा स्थापित भइसकेको बताउँदै यसलाई अझै परिस्कृत र बृहत् गर्दै लैजानुपर्नेमा जोड दिए । सकेसम्म होटलहरुले कोठाको मूल्य पहिला नै सार्वजनिक गरेर प्रि–बुकिङको सुविधा दिन सके राम्रो हुने सुझाव पनि उनले राखे । सामाजिक संजाल र अन्य डिजिटल माध्यमबाट प्रचारप्रसार कामलाई तीव्रता दिनुपर्ने उनले बताए ।
संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले फेवा महोत्सव सबै पोखरेलीको महोत्सव भएको बताउँदै यसको सफलताका लागि सम्पूर्ण पोखरेलीले हातेमालो गरी अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए । संघअन्तर्गतका होटलहरुले कोठाको मुल्यमा विगतमा जस्तै प्रकाशित दररेटमा २० प्रतिशत छुटको व्यवस्था गरेको जानकारी पनि उनले गराए । रेवान पोखरासँग सहकार्य गरेर नै आफूहरुले महोत्सवलाई अगाडि बढाउन लागेको पनि उनले सुनाए । खाना, संस्कृति र पर्यटनलाई मुख्य जोड दिएर पर्यटन प्रवद्र्धन गर्ने तथा कोभिड– १९ बाट अफ्ठ्यारोमा परेको पर्यटनलाई पुनरुत्थान गर्ने उद्देश्य महोत्सवले लिएको उनले बताए । पृथ्वी राजमार्गको जारी स्तरोन्नति र केही महिनाअघि पोखरामा भएको जहाज दुर्घटनाले सिजनकै समयमा अहिले होटलको अकुपेन्सी निकै घटेको जाननकारी पनि उनले दिए । निशुल्क प्रवेशको व्यवस्था रहेको महोत्सव अन्तर्गत ४ नम्बर स्ट्रिट अगाडि र सेन्ट्रल प्वाइन्टमा स्टेज स्थापना गरी सांस्कृतिक कार्यक्रम आयोजना हुने छन् । उद्घाटनको दिन झाँकी र ¥याली निकालिने छ ।
टान गण्डकी अध्यक्ष धर्मराज पन्थीले फेवा महोत्सवले पोखराको ब्रान्डिङमा सघाउ पुगेको बताए । नाट्टा गण्डकी अध्यक्ष हरिराम अधिकारीले पोखरामा पर्यटकको बसाई लम्ब्याउनेतर्फ जोड दिनुपर्ने बताउँदै कनेक्टिभिटीको पाटोलाई ध्यान दिन सुझाव राखे । आयोजक संघ उपाध्यक्ष एवं महोत्सव सहसंयोजक गणेशराज पहारीले लेकसाइड क्षेत्रलाई साँझमा स्थायी रुपमा उज्यालो बनाउन वडाले पहल अगाडि बढाउनुपर्ने बताए । पार्किङ व्यवस्थित गर्न, डिजिटल बोर्डमा सांस्कृति कार्यक्रम देखाउन, होटलको प्याकेज ल्याउन, लेकसाइड झलमल पार्न, ठाउँठाउँमा सेल्फि बोर्ड राख्न, खानाको मूल्य र हाइजिनमा ध्यान दिन पनि सो अवसरमा सुझाव राखियो ।
कार्यक्रममा पोखरा पर्यटन परिषद् सचिव हरि भुजेल, नेपाल पर्वतारोहण संघ गण्डकी सदस्य शेषकान्त शर्मा, गाउँ पर्यटन प्रवद्र्धन मञ्च गण्डकी अध्यक्ष उदय सुवेदी, महिला पर्यटन व्यवसायी मञ्च अध्यक्ष उमा रेग्मी भण्डारी, नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकी अध्यक्ष बाबुराम पाण्डे, परिषद् सदस्य जीवनराज सापकोटा, पर्यटन व्यवसायी महिला संघ नेपालकी महासचिव अनिता खड्का भट्टराई, व्यवसायी बलराम गिरी लगायतले भनाइ राखेका थिए । संघका निवर्तमान अध्यक्ष विकल तुलाचनले धन्यवाद ज्ञापन र महासचिव राजेन्द्र ढकालले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
होमस्टे महासंघ गण्डकीको प्रशिक्षण
पर्यटनकर्मीलाई ‘पर्यटकमैत्री सेवा’ सम्बन्धी तालिम
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
पोखरा भिलेज अब चारतारे
ढोरपाटन सिकार आरक्ष आसपासमा तीस घरबास सञ्चालन गरिने
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१