पोखरा १२ ले बनायो आफ्नै एप

आदर्श समाज सम्वाददाता
चैत्र १४, २०७९
Mou.

पोखरा । पोखरा वडा १२ ले डिजिटल सेवा प्रवद्र्धन गर्ने उद्देश्यले मोबाइल एप संचालनमा ल्याएको छ । घरमा वा जहाँसुकै बसेर वडाको सेवा लिन सकिने उद्देश्यले विकास गरिएको एप पोखरा महानगरका प्रमुख धनराज आचार्यले मंगलबार सार्वजनिक गरे ।

एपमा नाता प्रमाणित, विवाह दर्ता, उजुरी रिपोर्ट, कर विभाग, सामाजिक सुरक्षा कोष, कम्पनी दर्ता, घरनक्सा दर्ता, सामाजिक सुरक्षा स्टोर, घटनादर्ता जस्ता सुविधा उल्लेख छ ।

‘पिएमसी १२’ नाम दिइएको एपमा केही सुविधा अहिले नै प्राप्त हुने र बाँकी थप गर्दै जाने वडाले जनाएको छ । ‘सरकारी काम ः हाम्रो हातमा, हाम्रै साथमा’ नारा उल्लेख गरिएको एपबाट सेवा दिने वडा १२ गण्डकी प्रदेशकै पहिलो वडा भएको वडाध्यक्ष सन्तोष बास्तोलाको दाबी छ ।

Related News

सम्बन्धित समाचार

hero news full width