अमरसिंहको ६७ औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
चैत्र १४, २०७९
amarsing

पोखरा । अमरसिंह नमुना माविको ६७ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न भयो ।

समारोह उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अमरसिंह मावि देशकै नमुना विद्यालय भएको उल्लेख गरे । विद्यालयहरूले शैक्षिक गुणस्तर वृद्धिमा लागिरहनु पर्ने उल्लेख गर्दै उनले महागरपालिकाबाट विद्यालय वर्गीकरणको अन्तिम तयारी भएको जानकारी दिए ।

रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले विद्यालयप्रति सबैले अपनत्व भावना राख्नुपर्ने बताए । शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नारायणप्रसाद सुवेदीले समयसापेक्ष शिक्षा हुनुपर्नेमा जोड दिए ।

विद्यालय संस्थापक परिवारका सदस्य सुवेदार इन्द्रबहादुर गुरुङले संस्थापक मेजर वीरसिं गुरुङ र जग्गादाता देवराज घिमिरेको प्रतिमा राख्नुपर्ने बताए ।

पुरस्कार संस्थापक डा. देवी गुरुङ, भीमलाल लामिछाने, शशीधर पराजुलीलगायतले विद्यार्थीलाई पुरस्कार वितरण गरेका थिए । यसैबीच विद्यार्थीले सांस्कृतिक प्रस्तुति राखेका थिए ।

समारोहका अध्यक्ष तथा पोखरा १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले अब छिट्टै नै व्यवस्थापन समितिले पूर्णता पाउने बताए ।

विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक तेजस्वी बरालले भावी कार्यक्रमबारे प्रकाश पारे । कार्यक्रममा व्यवस्थापन समिति सदस्य बलराम ढुंगानाले स्वागत तथा शिक्षकद्वय यामबहादुर थापा र उदयराज पोखरेलले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै